सरकारले जेठ १५ गते संसदमा बक्तव्य मार्फत प्रस्तुत गरेको बजेटको अहिले सर्वत्र चर्चा परिचर्चा भै रहेकै छ । बजेट भन्दा पहिला कस्तो बजेट आउला अनि के के शिर्षक तथा कता–कता कति रकम बिनियोजन होलान् भन्ने जे जति चर्चा अनि आशा र आसंका थियो त्यो सबैलाई वन्न गरी दिएको छ । निकै महत्वका साथ हेरीएको सामाजिक सुरक्षा भत्ता तथा सडक सञ्जाल विस्तारको क्षेत्रमा निकै मन फुकाएर बजेट बिनियोजन भएको छ । २०५१ सालमा तत्कालिन नेकपा एमालेको नेतृत्वको सरकारको पालामा अर्थ मन्त्री भरतमोहन अधिकारीले मासिक १०० रुपैंयाँबाट सुरु भएको जेष्ठ नागरिकहरुका लागि सामाजिक सुरक्षा भत्ता अहिले दिनको एक सय रुपैंया पुगेको छ । भरतमोहनले ल्याएको कार्यक्रमको प्रगति भने उनले देख्न पाएनन् ।
झण्डै १६ खर्बको बजेटमाा के के समावेस भयो भन्ने कुराहरु यहाँ उल्लेख गर्न सकिदैन तर पनि मुख्य कुराहरु भने पक्कै पनि उल्लेख गर्ने जमर्को हुन्छ नै । मुख्य रुपमा हेर्ने हो भने सबै क्षेत्रमा अहिले पहिलाको तुलनामा बजेट बृद्धि पक्कै भएको छ । युवा तथा खेलकुदमा पनि बजेट बढेको छ भने शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रथमिकतामा राखेरै अगाडी बढीएको छ । सबै प्रदेशमा नमूना कृषि आर्गनिक फारम स्थापनाका साथै कृषि आधुनिकिकरणलाई प्राथमिकतामा बजेटले राखेको छ । नवलपरासीको फलामखानी उत्खनन देखि लिएर कर्मचारीको तलब २० प्रतिशत सम्म बृद्धि गरेर सबैलाई आत्मसम्मान हुने तबरको बजेट आएको मान्न सकिन्छ । पूर्व पश्चिम राजमार्ग छ लेन तथा सरकारले निर्माण गर्ने राजमार्ग दुई लेनको बनाएर यातायातलाई मजबुत पार्न खोजिएको छ । डिजिटल नेपाल, सबै प्रदेशमा सुविधा सम्पन्न रङ्गशाला, विद्युत उत्पादनलाई दोव्बर पार्ने देखि देशलाई २०२२ सम्म मध्यम स्तरको राष्ट्र बनाउने तर्फ ध्यान दिइएको छ ।
सार्वजनिक, निजि र सहकारीको सहकार्यमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, जनताका आधारभूत क्षेत्रमा महत्व दिईएको बजेटले अधुरा आयोजनालाई प्राथमिकताका साथ सम्पन्न गर्ने तर्फ पनि सोचेको छ । विशाधी प्रयोग गरिएका खाद्यान्न आयातमा नियन्त्रण गर्नुका साथै श्रोत साधन र अवसरको उच्च प्रयोग गरेर राज्यको तिनै तहका सरकार बिच सहकार्य गरी विकासलाई प्राथमिकतामा राखिएको छ । साकाजिक न्याया सहितको तिब्र विकास बजेटको मूल मर्म हो भन्दा फरक पर्दैन । समाजबाद उन्मुख राष्ट्र निर्माणका लागि बजेट तयार पारीएको जस्तो देखिन्छ । प्रतिनिधि सभा तथा प्रदेश सभामा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको शाझा घोषाणापत्रमा उल्लेख भएको मर्मलाई यस पटकको बजेटले सामाजिक रुपान्तरणमा जोड दिएको छ ।
Previous Articleनिजी स्वास्थ्य संस्था तथा क्लिनीकमा अनुगमन
Next Article जामुनाखर्क माविको आयोजनामा शैक्षिक महोत्सव सुरु