झापा दमक स्थायी घर भएकी २४ बर्षीय अभिनेत्री अदिति बुढाथोकी सर्वाधिक चर्चाकी पात्र हुन् । उनी बेला–बेला सामाजिक संजालमा भाइरल बन्ने र सर्वाधिक क्लिक हुने अनुहार हुन् । उनले केहि समय अघि नेपाली चलचित्र ‘कृ’मा पहिलो पटक काम गरकी छिन् ।
जुन चलचित्रको निक्कै सफलपनि भयो । भारतमा बस्दै आएकी अदिति बिशेषगरी उनका अर्धनग्न तस्बिर र मिनिन्युड भिडियोका कारण चर्चामा हुन्छिन् । उनको चर्चा भारतीय मिडियमा समेत चल्न थालेको छ । उनले ईन्स्टाग्राममा हट अबतारका भिडियो र फोटो पोस्ट गर्दै आएकी छिन् । सोहि फोटो र भिडियोका कारण उनलाई भारतीय मिडियाले पुर्ब पोर्न स्टार सन्नी लियोनीलाई समेत उछिन्ने छनक सहितको समचार प्रकाशन गरेका थिए ।
‘एबिपी न्युज’ नामक एक भारतीय अनलाइन मिडियाले उनको नाम सन्नी लियोनीसँग जोड्दै चर्चा गरेको छ । एबिपीले ‘सन्नी लियोनी जस्तो बोल्ड हिरोइनलाई पनि माथ दिदै नेपाली हिरोइन’ भन्ने शीर्षकमा समाचार बनाउदै अदितीको चर्चा गरेको थियो । ‘बलिउडमा हट र बोल्ड हिरोइनको कमी छैन । सन्नी लियोनी जस्ता कयौ हिरोइनले बलिउडमा आगो लगाएका छन्’ समाचारमा भनिएको छ ‘आज हामी त्यो हिरोइनको चर्चा गर्दै छौ । जसले बलिउडको हिरोइनलाई पनि पछि पार्दैछिन् ।
ति हुन् नेपाली हिरोइन अदिती बुढाथोकी,’ समाचारमा जोडिएको छ । उनको तस्बिरले इस्टाग्राममा आगो लगाएको बताउदै एबिपीले अदितीलाई सन्नी लियोनी भन्दा पनि हट बताएको थियो । त्यसपछि त उनी नेपाली मिडियामा भाइरल बनिन् । अदितीका केही तस्बिर अहिलेपनि इस्टाग्राम र फेसबुकमा भाइरल भएका छन् ।अदितीले इस्टाग्राममा बलिउड कलाकार दीपिका पादुकोण, अक्षय कुमार र ऋतिक रोशनलाई फलो गरिरहेको समेत मिडियाले जनाएका छन् ।