विश्वका धेरै स्थानमा हत्या हिंसा तथा आतंकको सृङ्खला सँधै जसो देखिने गरेकै छन् । सिरिया तथा इजरायल लगायतका मुलुकमा सँधै नै त्रासमा मानिस जिउँदै छन् । विश्व महाशक्ति अमेरिकामा समेत मानिसहरु हत्या हिंसाको सिकार भएकै छ । अमेरिकामा साना हतियारबाट हुने आतंकले निकै ग्रसित छ । नेपालमा पनि वि.सं. २०५२ देखि शुरु भएको माओवादीको सशस्त्र युद्धले २०६३ मा आएर बिट मारेको भएपनि । त्यस बेलाको हतियारको दम्भ र त्रासको धङधङ्गीले भने अझै पनि छाडेको छैन । वर्तमान सरकारले भन्ने गरेको शब्द सापटी लिएर भन्ने हो भने तत्कालिन नेकपा माओवादीको एउटा झुण्ड अहिले पनि हत्या आतंक र राज्य विरुद्धको गतिविधिमा संलग्न छ । उसको गतिविधिलाई नियन्त्रण लिनका लागि राज्यले गतिविधिलाई प्रतिवन्ध लगाएरै अगाडी बढ्दै छ भने उक्त समूहले बम बिष्फोट तथा बन्दको आतंक सृजना गरी नै रहेको छ ।
नेपाल सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहको आपराधिक गतिविधिलाई प्रतिवन्ध लगाएको छ । उसले गर्ने आपराधिक तथा हिंसात्मक गतिविधिलाई प्रतिवन्ध लगाउँदै मुलधारको राजनीतिमा आउनका लागि आग्रह गरेको छ । तर चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मुलधारको राजनीति भन्दा पनि हत्या हिंसा, तथा त्रास फैलाउँदै बन्द हड्ताल जस्ता गतिविधिमा संलग्न हुँदै आएको कारणले गर्दा जनताहरु त्रसित हुने अवस्था आएको छ । सत्ता बन्दुगको नालबाट निस्कन्छ भन्ने मुल मन्त्र सहित हिड्ने कम्यनिष्टहरुले अहिले पछिल्लो समय आएर बन्दुगको नालबाट भन्दा पनि ब्याटलबाट आउने भन्ने तर्फ लाग्दै गरेको समयमा चन्द समूहले गर्ने गतिविधि कालन्तरमा आएर सफल हुने देखिदैन । यदि त्यो सम्भव थियो भने १० वर्ष मै तत्कालिन माओवादीले हतियार सहितको आफ्नो गतिविधिलाई त्यागेर मुलधारको राजनीतिमा आउने पक्कै थिएनन् । तर त्यो देख्दा देख्दै पनि तत्कालिन माओवादी भित्रकै एउटा समूहले अहिले फैलाएको त्रासले उनीहरु आफैलाई समस्या पर्ने पक्का छ ।
सोमबार नेत्रविक्रम चन्द‘बिप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव चारै तिर प¥यो । आइतबार काठमाडौमा विभिन्न स्थानमा बम विष्फोट हुँदा हताहतीको तथ्य पनि बाहिर आयो तर विष्फोट गर्ने क्रममा आफ्नै मृत्यु भएको भन्ने सरकारी सूचनाले विप्लब नेतृत्वको समूह प्रति मानिसको घृणा बढेको छ । उनीहरु प्रति केही सहानुभुती राख्नेहरु पनि यात्रुवाहक बस जलाउने देखि लिएर बम विष्फोट गराएर हत्या गर्ने सम्मको गतिविधिले गर्दा सहानुभूति देखाउनेहरु पनि सराप्न तर्फ लाग्ने पक्का छ । त्यसैले त्रासको भन्दा पनि मूलधारमा आएर आफ्नो जनअभिमत मापन गरेरै अगाडी बढ्दा उत्तम हुन्छ ।
Previous Articleवुद्धि विकासमा लागूपर्दाथविरुद्ध सचेतना कार्यक्रम
Next Article अदितिका सेक्सी पोज पुरै भारतमा हंगामा