नेपाली कांग्रेसको हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियान अन्तर्गत बुधबार उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–६, कोटगाउँमा कार्यकर्ता भेला सम्पन्न भएको छ । अभियान अनुसार नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा कोटगाउँमा कार्यकर्ता भेला, प्रशिक्षण तथा अन्तत्र्रिmया कार्यक्रम गरिएको हो ।
भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाले नेपाली कांग्रेसले जनताका लागि काम गरेको हुँदा जनताले कांग्रेसलाई नै विश्वास गर्नुपर्ने बताएका छन् । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस म्याग्दीका सचिव एवं झीँ–पाखापानी अभियान संयोजक हरिकुमार श्रेष्ठले नेपाली कांग्रेस सधैंभरी जनताको पक्षमा लडिरहने शक्ति भएको बताए ।
कार्यक्रममा अभियानका सहसंयोजक तथा कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठ, झीँका वडा अध्यक्ष मनबहादुर शेरपुन्जा र स्थानीय कार्यकर्ता रुकबहादुर गर्बुजाले मन्तव्य राखेका थिए । कार्यक्रमको अवसरमा ४८ जनालाई नेपाली कांग्रेसको पार्टी सदस्यता वितरण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
कार्यक्रम स्थानीय गाउँ कार्यसमितिका कार्यवाहक सभापति गौबहादुर शेरपुन्जाको अध्यक्षता, जिल्ला सदस्य एवं पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुन्जाको सञ्चालन र नेपाल महिला संघ पाखापानीका सभापति प्रितीमाया शेरपुञ्जाको स्वागतमा सम्पन्न भएको थियो ।
Previous Articleम्याग्दी क्याम्पसमा सिपमूलकसम्बन्धी विद्यार्थीलाई तालिम
Next Article पर्यटन केन्द्रीत पूर्वाधार