म्याग्दी बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई लक्षित गरेर विभिन्न तालिमहरु सञ्चालन भएका छन् । बेनी नगरपालिका र घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीको सहयोगमा विभिन्न किसिमका सिपमूलकसम्बन्धी तालिम दिइएको हो ।
घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा क्याम्पस परिसरमा ३ महिनाका लागि १० जनालाई हाउस वाईरिङसम्बन्धी तालिम चलाइएको म्याग्दी बहुमुखी क्याम्पसले जनाएको छ । यसैगरी कार्यालयकै सहयोगमा १० जनालाई तीनमहिने कम्प्युटरको बेसिक तथा हार्डवयरसम्बन्धी तालिम सञ्चालन गरिएको क्याम्पसका प्राध्यापक तथा व्यवस्थापन विभाग प्रमुख नारायणप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार घरेलु कार्यालयमार्फत उद्यमसिलता विकाससँग सम्बन्धित १० दिनसम्म ३० जनालाई सहभागी बनाएर तालिम चलाइएको थियो । त्यस्तै बेनी नगरपालिकाको आर्थिक सहयोगमा १ हप्तासम्म २० जनालाई लोकसेवा तयारीको कक्षा समेत आयोजना गरिएको प्राध्यापक सुवेदीले बताएका छन् । इच्छुक विद्यार्थीहरुको फाराम सङ्कलन गरी उनीहरुलाई तालिम प्रदान गरिएको उनले बताए ।
त्यसैगरी बेनी नगरपालिकाकै सहयोगमा २५ जना विद्यार्थीहरुलाई शिक्षक सेवा आयोगसम्बन्धी तालिम दिइएको म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख टिकाराम सापकोटाले जानकारी दिए । यस्तै कर, भ्याट तथा बैङ्किङसम्बन्धी विषयमा पनि ३ दिनसम्म २५ जनालाई नगरपालिकाकै सहयोगमा तालिम सञ्चालन गरिएको थियो ।
Previous Articleरावणको जन्मभूमी पौलस्त्य पुलहाश्रम ओझेलमा
Next Article कांग्रेसको कोटगाउँमा कार्यकर्ता भेला तथा प्रशिक्षण