पछिल्लो समय म्याग्दीका ग्रामिण भेकहरुमा पर्यटन केन्द्रीत पूर्वाधारहरु निर्माणमा केन्द्रीत देखिन थालेको छ । केही समय अगाडी टोड्केमा रिसोर्ट सञ्चालनमा ल्याएर पूर्वाधारमा केन्द्रीत हुन थालेको सन्देश दिएको म्याग्दीले पुनः बेनी नगरपालिका–५, पुलाचौरको गाजनेमा रहेको केभहिलमा भ्यूटावर स्थापना गर्ने कार्य अगाडी बढाएको छ । स्थानियले भन्ने गरेको गुफाको डाँडोलाई केही वर्ष अगाडी मुलधारको दैनिक पत्रिकाले केभ हिल भन्दै प्रचार गरेपछि उक्त स्थानको महत्व र चर्चा चुलिएको थियो । सोही स्थानमा स्थानियको सक्रियता एवम् बेनी नगरपालिकाको आर्थिक सहयोगमा भ्यूटावरको निर्माण कार्य थालिएको छ । उक्त भ्यूटावरको निर्माण पछि दृष्यावलोकनका लागि पर्यटकहरु बढ्ने आँकलन गरीएको छ । केभहीलमा हुने भ्यूटावरको सहयोगमा म्याग्दी, बागलुङ र पर्वतका पर्यटकीय स्थलहरु अबलोकन गर्न मिल्ने छ ।
३६ फिट उचाइको भ्यू टावरबाट आन्तरीक तथा बाह्य पर्यटकहरुले दृष्यावलोकनको आनन्द लिन सक्नेछन् । एकै पटक २५ जनाले भ्यूटावरमा चडेर दृष्यावलोकन गर्न सक्ने क्षमताको भएका कारणले गर्दा पनि धेरैले एकै पटक अबलोकन गर्न सक्नेछन् । आगामी आर्थिक वर्षमा कार्य सम्पन्न गर्ने गरी थालिएको उक्त टावरले स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि आकर्षणको केन्द्रका रुपमा स्थापीत हुदैन पर्यटन विकासमा टेवा पुग्ने अनुमान गर्न सकिन्छ । विश्वमा देखिएको फस्टाउँदो पर्यटन व्यवसाय र यस क्षेत्रमा थोरै लगानीमा पनि धेरै आम्दानी गर्न सक्ने भएकाले पनि यसका पूर्वाधार निर्माण तर्फ लाग्नै पर्छ । म्याग्दी जिल्ला भित्र रहेका तातोपानीका कुण्डहरुको व्यवस्थापन गरेको खण्डमा आन्तरीक पर्यटकको आगमन बढ्छ । आन्तरीक पर्यटक थेग्नका लागि आवास निर्माणका लागि मात्र ध्यान दिएको खण्डमा पर्यटक त्यत्तीकै ओइरीन्छन् ।
करिब २१ लाखको लागतमा निर्माण सम्पन्न हुने केभहिल भ्यू टावरका लागि गत आर्थिक वर्षमा एक लाख रुपैंया मात्र बजेट निकासा भएकोले काम हुन नसक्ने कारणले गर्दा उक्त रकम फ्रिज भएको थियो । तर यस वर्षको ५ लाखले फाउण्डेसनका सासै करिब आधा काम सक्ने र नयाँ आर्थिक वर्षमा बाकी सबै काम सक्नुका साथै भुक्तानी दिने योजना सहित काम थालिएकाले पनि समयमै सम्पन्न भएर पर्यटकको आगमन पनि हुनेछ । नगर क्षेत्रभित्र रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलहरुको संरक्षण, संवद्र्धन र प्रचारप्रसारमा नगरपालिकाले नै जोड दिएकाले पनि बेनी नगरपालिका भित्र रहेका धार्मीक तथा पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माण छिटो हुनेछन् । समुन्द्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा केभहिल भ्यूटावरबाट विश्वको सातौं अग्लो चुचुरो धौलागिरी हिमालसहित अन्नपूर्ण, माछापुच्छ«े, निलगिरी, मानापाथी, गूर्जा, चुरेन, बेहुला–बेहुलीलगायत करिब डेढ दर्जन हिम श्रृङ्खलाहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । त्यस्तो पर्यटकीय स्थलमा भ्यूटावर सँगै आवासको व्यवस्थापनि गर्नु आवश्यक पक्कै छ ।
Previous Articleकांग्रेसको कोटगाउँमा कार्यकर्ता भेला तथा प्रशिक्षण
Next Article वर्ल्डकप खेलाइने ११ मैदान