– बिना झा
ह्कारिन्छ, लतारिन्छ
उसै परे बजारिन्छ |
त्यागको प्रतिमूर्ति बन्न
जन्मे देखि बुझाईन्छ ||
कहिले सति, कहिले सिता
कहिले भृकुटी देखाईन्छ |
सहनशील र आज्ञाकारी
नारी बन्न सिकाईन्छ ||
देखाईन्न काली दुर्गा
शक्ति स्वरूप बुझाईन्न ||
ज्ञानकी खानी नारी नै हुन्
सरस्वतीलाई चिनाईन्न ||
नसहनु अन्याय, अत्याचार
सक्षम बन्न लगाईन्न ||
सामाजिक रुपान्तरण के सम्भब छ ?
संबेदनशीलता यदि बढाइन्न ?