साेमबार दिउँसाे अन्नपुर्ण गाउ पालिका वडा नं-३ सुके बगर स्थित कालि गण्डकी नदी को किनारमा रहेको पानीको दहमा नुहाउने क्रममा दहमा डुबेर एक जना गम्भीर घाइते भएका छन् । अन्नपुर्ण गा.पा.वडा नं-६ घाराका ग१त-४५८८ नं.को ट्याक्टर चालक एवम् मालिक करिब २२ वर्षिय सबिन बुढाथोकी अचानक दहमा डुबे पछि स्थानीयले उद्धार गरि उपचारको लागी स्वाथ्य चौकी भुरुङतातोपानी लगेकोमा अवस्था गम्भीर भएपछि थप उपचारका लागि जिल्ला अस्पताल म्याग्दीको ल्याइदै छ । घाइते बुढाथोकी बोल्न हिड्न नसक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी इन्सपेक्टर ध्रुवप्रसाद शर्मााले जानकारी दिएका छन् ।