सीताराम कट्टेल
सीताराम कट्टेल उर्फ धुर्मसले पनि स्नातकसम्मको अध्ययन गरेका छन् । झापामा जन्मे हुर्केका उनले झापाबाटै पहिलो श्रेणीमा एसएलसी पास गरे । एसएलसीमा उनले ६९ प्रतिशत अकं ल्याएका थिए ।
पछि उच्च शिक्षा अध्ययनको लागि कामाण्डौ छिरेका सीतारामले रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता र अंग्रेजी विषय पढ्न थाले । प्रमाणपत्र तह उनले दोस्रो श्रेणीमा पास गरे । सानै देखि पढाईमा अब्बल उनले स्नातक तहमा पुगेपछि भने पढाईलाई पूर्णबिराम लगाए । किनकी स्नातक तह तेस्रो वर्षमा पुग्दासम्म उनी हाँस्यकलाकारको रुपमा निकै व्यस्त भईसकेका थिए । यहि कारण उनी स्नातक तह तेस्रो वर्षमा पुगेपछि पढाईलाई पूर्णबिराम लगाउन बाध्य भए । स्नातकमा उनले राजनीति शास्त्र पढेका थिए ।
कुञ्जना घिमीरे
सीतारामको जस्तै कुञ्जनाको अध्ययन पनि स्नातक तेस्रो बर्षमा पुगेपछि सकियो । ललितपुरबाट प्रथम श्रेणीमा एसएलसी उत्तिर्ण गरेकी कुन्जनाले पिके क्याम्पसबाट प्रमाणपत्र तह उत्तिर्ण गरिन् ।
समाजशास्त्र , अंग्रेजी र नृत्य विषय लिएर अध्ययन गरेकी कुञ्जनाले स्नातक तहमा पुगेपछि भने समय दिन नसकेका कारण नृत्य विषय छाडिन् । स्नातकमा उनले समाजशास्त्र र अंग्रेजीलाई मात्र फोकस गरिन् । तर उनले त्यसलाई पनि राम्रोसँग समय दिन सकिनन् ।
संदीप क्षेत्री
हाँस्य कलाकार संदीप क्षेत्री पनि अभिनयमा मात्रै नभयर अध्ययनमा पनि अब्बल छन् । संदिपले वाणिज्य संकायमा स्नातकोत्तर गरेका छन् ।
२०५५ सालको एसएलसी मा ७० प्रतिशत अंक ल्याएर पहिलो श्रेणीमा उत्तिर्ण भएका उनले प्लस टु र स्नातक मात्रै हैन स्नातकोत्तरसम्मको अध्ययन वाणिज्य संकायमै गरे ।
कुमार कट्टेल
युवा पुस्ताका प्रिय कलाकार कुमार कट्टेल उर्फ जिग्री अभिनयसँगै अध्ययनमा पनि अब्बल छन् । सम्भवत एसएलसीमा विशिष्ट श्रेणी ल्याउने उनी एक मात्र हाँस्यकलाकार होलान् । २०६० सालमा झापाको गौरदहबाट एसएलसी दिएका उनको ८५ प्रतिशत अंक आएको थियो । एसएलसी पछि उनी उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौ आए र नयाँ बानेश्वरको कोलम्बस कलेजबाट साईन्समा प्लस टु गरे । प्लस टु मा उनले ६१ प्रतीशत अंक ल्याए ।
पछि उनले स्नातक तहमा विषय परिवर्तन गरेर मानविकी संकाय अध्ययन गर्न थाले । स्नातक अध्ययन गर्दासम्म उनमा कलाकारिताको भुत चढिसकेको थियो । यहि कारण उनले स्नातकमा सोचेजस्तो अंक ल्याउन सकेनन् । चावहिलको न्युटन कलेजबाट उनले स्नातक गरेका हुन् । यो बाहेक उनले लण्डनमा एक बर्षे स्क्रिप्ट लेखन र निर्देशनको कोर्स पनि गरेका छन् ।
जितु नेपाल
हाँस्यकलाकार जितु नेपाल उर्फ मुन्द्रे असार १ देखि ४३ वर्ष लागेका छन् । सिरियल, सिनेमा र स्टेजमा आफ्नो कमेडी प्रस्तुतिबाट दर्शक हँसाउदै आएका जितुले हाँस्यव्यङग्यको क्षेत्रमा २५ वर्ष बिताईसकेका छन् । यो २५ वर्षको अवधिमा उनले आफूलाई समसामयिक विषयवस्तुमा राम्रो दखल राख्ने र कडा व्यङग्य प्रहार गर्न सक्ने गर्ने व्यक्तिको रुपमा स्थापित गराईसकेका छन् ।
राम्रो सेन्स अफ ह्युमर भएका जितु पढाईमा भने ठिकठाकै रहे । उनले २०४८ सालमा एसएलसी दिएका हुन् । एसएलसी लगत्तै २०४९ साल देखि अभिनयमा लागेका उनले त्यसपछि जम्मा आइए सम्मको अध्ययन गरे । २०४९ सालमा तत्कालिन टेलिसिरियल ‘आज भोलिका कुरा’बाट उनले कलाकारितामा प्रवेश गरेका हुन् । यस क्षेत्रमा लागेपछि कलाकारिताको भूतले गर्दा अध्ययनलाई अघि बढाउन नसकेको उनी बताउँछन् । सिन्धुपाल्चोकको जालपा माध्यामिक बिद्यालयबाट दोस्रो श्रेणीमा एसएलसी पास गरेका उनले आईए अध्ययन एक प्राईभेट कलेजबाट गरे । जितु नेपालको पढाईको यसै सन्दर्भमा आज हामी तपाईँलाई अन्य केही हाँस्य कलाकारहरुको शैक्षिक योग्यताबारे पनि जानकारी दिँदै छौँ ।
दीपकराज गिरी
कलाकार दीपक राज गिरी पछिल्लो समय कुशल अभिनेता र निर्देशक मात्रै नभएर राम्रो स्क्रिप्ट राइटरको रुपमा पनि चिनिएका छन् । कलाकारमा हुनुपर्ने सबै गुण र क्षमता भएका दीपक पढाईमा पनि अब्बल नै छन् । उनले विक्रम सम्वत २०४० सालदेखि २०४३ सालसम्म लगातार एसएलसी दिए ।
उनी एसएलसिमा तीन पटक फेल भए तर हार मानेनन् । चौथो पटकमा उनले एसएलसी दोस्रो श्रेणीमा पास गरे । त्यसपछिको प्लस टु र स्नातक तहको अध्ययन उनले नेपाली र राजनीतिक शास्त्र लिएर गरे जसमा पनि उनी दोस्रो श्रेणी मै पास भए ।
उनले स्नातकोत्तर पढ्न पनि सक्दो प्रयास गरे । तर कलाकारितामा व्यस्त भएका कारण उनले स्नातकोत्तरको पढाई बीचमै छाड्नु पर्यो । व्यस्तताका कारण पढाई पूरा गर्न नसकेकोमा कहिले काही दीपकको मन चसक्क हुने गरेको छ ।
दिपाश्री निरौला
अभिनेत्री हुँदै निर्माता र निर्देशक बनेकी दिपाश्री निरौलाले लामो संघर्षपछि टेलिसिरियल ‘तितो सत्य’ बाट चर्चा र सफलता पाईन् । ‘तितो सत्य’ सँगसँगै उनले केहि सिनेमाहरुमा पनि काम गरिन् । कलाकारितामा सफल दीपा पढाईमा पनि ठिकठाकै छिन् ।
उनले महेन्द्र मोरङ क्याम्पसबाट आइए सम्मको अध्ययन गरिन् । पहिलो श्रेणीमा एसएलसी पास गरेकी दीपा अभिनय र नृत्य नशा–नशामा दौडिएका कारण पढाईलाई आइए भन्दा अघि लान नसकेको बताउँछिन् । खासमा दीपा सुरुवातमा सिनेमाकी अभिनेत्री बन्ने सोचमा थिईन् । तर उनी एक हाँस्यकलाकार र निर्देशकको रुपमा स्थापित भएकी छिन् ।
किरण केसी
टेस्ट परीक्षा सम्म लगातार उर्तिण भएर अचानक एसएलसीमा फेल भएका कलाकार हुन् किरण केसी । उनी एसएलसीमा चार पटक फेल भए ! भन्दा तपाईँलाई पत्यार नलाग्ला तर उनी साँच्चि नै चार पटक फेल भएका थिए । उनी आफूलाई पढ्नै मन नलाग्ने, किताब हेर्यो की टाउको दुख्ने अनि पढ्नै नआउने भएका कारण फेल भएको र नपढेको बताउँछन् ।
तर कहिलेकाहीँ पढ्नु पर्ने रहेछ ! भनेर पहिले नपढेकोमा पछुतो लाग्ने गरेको पनि उनको भनाई छ । तर उनलाई शैक्षिक योग्यता कम भएका कारण समस्या भने भोग्नु परेको छैन । शैक्षिक योग्यता कम भएपनि व्यवहारिक ज्ञानले नै जीवनलाई व्यवस्थित र सुखी बनाउन सकिने किरणको बुझाई र अनुभव छ ।