लिलानाथ कोइराला / पुर्ण विश्वकर्मा
ओमन । गुल्मी इस्मा गाउँ पालिका वडा नम्बर २ रात डाडा घर भई बिगत ८ वर्ष देखि ओमनकाे राजधानी मस्कटकाे दारसाईटमा रहेको अलाफिल रेस्टुरेन्टमा कार्यरत वर्षका ३३ का नीर बहादुर रायमाझी ( निराजन)ले मार्च १३ राति आफनाे रुममा झुन्डिएर आत्तमा हत्या गरेका छन् । उहाँका अंकल राजु रायमाझीले इरुप्से लाई टेलिफोन मार्फत जानकारी गराउनु भयो । उहाको अनुसार अहिले मृतककाे शव पाेषटमाटमका लागि अस्पतालमा रहेको छ र के कारणले आत्तमा हत्या गरे भन्ने खुल्न बाकी रहेको जानकारी नि राजु रायमाझीले दिनुभएको छ । मृतका नीर बहादुरका २ छाेरा र श्रीमती आमा ,तीन दाजुभाइ र दिदीबहिनी छ जना रहेका छन् । बुवाकाे भर्खरै दुई महिना पहिले हृदयघात भई निधन भएको थियो । गरिब किसान परिवारका जेठो छाेराले नै यसरी आत्महत्या गरेककाले पुरै रायमाझी परिवार शाेकमा डुबेको छ । मृतकको शव नेपाल पठाउने विषयमा नेपाली दूतावासले एन .आर .एन सचीव डिबि क्षेत्रीलाई जानकारी दिए अनुसार आगामी आइतबार, सोमबार भित्रमा नेपाल शब पठाउने जानकारी छ ।
Previous Articleप्रवासी नेपाली एकता मञ्च ओमानले पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डलाई प्रवासी नेपालीको हकहितको लागि ज्ञापन पत्र बुझायो
Next Article बदनियत