पुर्ण विश्वकर्मा / लिलानाथा कोइराला
ओमन/ १०९ अन्तर्राष्ट्रिय नारी दिवस ओमनमा सम्पन्न भएको छ । नेपाली महिला समूह ओमनकाे आयोजना ,एन आर एन ओमनकाे सहयोगमा अजैबा हाेटेल अपार्टमा महिला मुक्ति आन्दोलन सहादत पाप्त गर्ने, वीर सहिदहरुकाे सम्मानमा एक मिनेट माैनधारण र नेपाली राष्ट्रियगानबाट सुरु भएको कार्यक्रमको संचालन महिला समुहकि महासचिव गाेमा थापा, अध्यक्षता नेपाली महिला समूह ओमनकि अध्यक्ष उमा ढुंगानाले गर्नुभयो । प्रमुख अतिथि नेपाली राजदुतावासकि श्रमसहचारि कृष्ण कुमारी गौली हुनुहुन्थ्यो । विशेष अतिथि रेस्लिङमा नेपाली महिलाहरुकाे नाम राख्न सफल महिला नेपालबाट अाउनुभएकि मुना श्रेष्ठ, अतिथिहरुमा समाजसेवी गाेबिन्द गुरुङ, एन .आर .एन ओमनका कोषाध्यक्ष सेवान्त पुर्जा,नेपाली समाज ओमन कि रमला श्रेष्ठ , प्रवासी एकता मञ्च ओमन कि महिला बिभाग सदस्य सम्झना केसि,सगरमाथा युवा कामका अध्यक्ष नगेन्द्र पौडेल,नेपाली एकता समाज ओमन कि लक्ष्मी रायमाझी,बुद्ध भिजनका ओमकार तामाङ,तमु समाज ओमन बाट इन्दिरा गुरुङ्ग,हेमा श्रेष्ठ ,सावित्री पाण्डे,मान ब. विक, सुशील पुन मगर,अनिता तामाङ, सन्तोष सापकोटा,अनुप पाण्डे,दिल कुमारी सिंजाली,सीता तमाम रहेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष मधु गुरुङले गरेकि थिईन । स्वागत गित सामुहिक रुपमा महिला जागरण गित गाइयको थियो । निसा सुनारकाे नृत्यले सबैलाई मनाेरन्जन दिनुका साथै सुशील पुनकाे नारि जनजागरण सम्बन्धि गजल,मनु सुनारले कबिता,मन्जु बानियाँले अामा शिर्षक काे कबिता बाचन गरेकि थिईन । विभिन्न महिला जागरण सम्बन्धि कार्यक्रम नि भएका थिए । संक्षिप्त शुभकामना दिदै कार्यक्रमकि प्रमुख अतिथि श्रमसहचारी कृष्ण कुमारी गौलिले बिदेशी भुमिमा नि यस्ता नारि जनजागरणका कार्यक्रम आयाेजना गरेकोमा आयाेजक सस्थालाई धन्यवाद दिनुभयो । दुताबास सधैं मजदुर र श्रमिकको हकअधिकारकाे पक्षमा रहेको बताउनुभयो ,कार्यक्रमको अर्को आकर्षण भनेको नेपाली महिला समुहकि सस्थापक अध्यक्ष पार्बती श्रेष्ठद्वारा रचना गरिएको बाध्यता शिर्षकको नाटकमा पात्रहरूले गरेका अभिनयले सबैलाई भाबुक बनाएको थियोे ।किन केकालागि बलिया पाखुरा भएका हामी नेपालीहरु आज बिदेशी भुमिमा श्रम बेच्न बाध्य भएका छौ भन्ने आशय रहेको नाटक सबै दर्शकले अौधि मन पराएका थिए । उक्त नाटकमा खेल्ने पात्रहरू पार्बती श्रेष्ठ ,सारदा तिवारी ,निसा सुनार ,सपना गुरुङ र दिल बा राेका लगायतको अभिनय रहेको थियो । अन्तिममा सबैलाई धन्यवाद दिदै नेपाली महिला समुहकी अध्यक्ष उमाढुंगानाले कार्यक्रमको समापन गर्नुभयो ।