खेल र खेलाडीले राष्ट्रलाइ चिनाउनका लागि निकै महत्वपूर्ण हुन्छ भन्ने त प्रत्यक अन्तराष्ट्रिय खेलकुदका बखत सबैले अनुभव गरेकै हुन्छ । खेलाडीले खेलकुद मात्र नभै राज्यमा रहेका महत्वपुर्ण धार्मिक तथा साँस्कृतिक स्थलहरुको प्रचार प्रसारमा पनि महत्वपूर्ण भूमीका खेलेकै हुन्छ । यस्तै पर्यटकीय स्थलको प्रचार प्रसारको लागि जिल्ला उसु संघ म्याग्दीमा आवद्ध खेलाडीहरुले महत्वपुर्ण हुने खालको स्थलमा पुगेर शनिबार ट्रेनिङ गरेका छन् ।
उसु संघ म्याग्दीमा आवद्ध खेलाडीहरु म्याग्दीको पवित्र तिर्थस्थल गलेश्वरधाममा पुगेर शनिबार बिहान ट्रेनिङ गरेका छन् । संघमा आवद्ध खेलाडीहरु विहान गलेश्वर पुगेर ट्रेनिङ गरेर फर्केको उसु संघ म्याग्दीका प्रशिक्षक बिकल कँडेलले बताए । कँडेलको नेतृत्वमा गएका खेलाडीहरु गलेश्वर मन्दिरको दर्शन गर्नुका साथै गलेश्वरमै करिब १ घण्टा ट्रेनिङ गरेर फर्केका थिए ।
म्याग्दी बाट राष्ट्रिय खेलकुदका लागि छनौट भएका सुशिल श्रेष्ठ तथा अनिश अर्मजा लगायत खेलाडीहरु गलेश्वर पुगेका थिए ।