पुर्ण विश्वकर्मा / लिलानाथ कोइराला
ओमन / नेपाली राजनीतिका पुराना अनुभवी बिज्ञ,नेपाल सरकारका भुपु उपप्रधानमन्त्री अर्थ निर्माण तथा यातायात मन्त्री स्वार्गिय क. भरतमोहन अधिकारीकाे सम्मान र सम्झनामा प्रवासी नेपाली एकता मञ्च ओमनले मोमो किङ्ग एन आर एनको सभा हलमा मार्च ८ तारिक श्रद्धाञ्जली तथ शाेकसभा सम्पन्न गरेको छ । प्रवासी नेपाली एकता मन्चका कार्यद्ल सदस्य साेम कृष्ण श्रेष्ठले उक्त श्रद्धाञ्जली सभाको अध्यक्षता गरेका थिए । संचालन लिलानाथ काेइरालाकाे रहेको थियो । अतिथिहरुमा ओमन नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत ,दलित एकता संजालका कोषाध्यक्ष मान ब. बिक,बागलुङ सेवा समाजका कोषाध्यक्ष सन्तोष सापकोटा ,तामाङ समाजका अध्यक्ष तेज बा तामाङ ,नेपाली महिला समूह ओमनकी अध्यक्ष उमा ढुंगाना,नेपाली समाज अाेमनकी कोषाध्यक्ष पार्बती श्रेष्ठ ,तमु समाज कि सल्लाहकार सपना गुरुङ ,नेपाल मगर समाजकी सदस्य याम कुमारी थापा मगर, डिसि नेपालका ऋषि वाग्ले लगायत कार्य दलका सदस्यहरु उमेश बिक,महेश न्यौपाने , सङगठनका अधिकांश सकृय सदस्यहरु र अन्य संघ सस्थाबाट नि बाक्लो नेपालीहरुकाे उपस्थिति रहेको थियो ।
एक मिनेट श्रदेय नेता अधिकारीकाे सम्मानमा मौनधारण गरि सुरु भएको कार्यक्रममा स्वार्गिय नेताकाे तस्बिरमा माल्यार्परण गर्नुका साथै पुष्पगुछाले अर्पण गरिएको थियो । आफनाे संक्षिप्त बिचार राख्दै ओमन नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेतले नेता अधिकारी २०५१ सालमा अर्थ मन्त्री बनेपछि नेपालमा बृदाभत्ता असाहेक भत्ता ,आफनाे गाउँ आफै बनाउ कार्यक्रम लिएर सफल अर्थ मन्त्री हुनुभएको जानकारी गराउनुभयाे । तामाङ समाजका अध्यक्ष तेज बा तामाङले नेता अधिकारी नेपाली राजनीतिका एक अगुवा र सबैले भुल्न नसक्ने अनुभवी र दुरदर्शि नेता हामीले गुमाएको बताउनु भयो ,कार्यदलका सदस्य उमेश बिकले नेपाली राजनीतिलाई सहि बाटोमा हिडाउन सक्ने नेता अधिकारी देशको अबिभाबक गुमाएको बताउदै उहाकाे भौतिक शरिरले छाेडेर गए पनि वहाँका भिजनहरुलाई समाएर अहिलेकाे सरकार अगाडि बढन जरुरी रहेको बताउनुभयो । साथै सबै उपस्थित सहभागीहरु नेता अधिकारी एक कुशल क्षमतावान नेपालीहरुकाे मनमुटुमा र बृदा आमाबाबाहरु असाहेक सबैकाे प्यारो नेता भएको बताएका थिए । कार्यक्रमको डिसि नेपालले लाइभ प्रसारण गरेको थियो ।
अन्त्यमा कार्यक्रमा उपस्थित भएर कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै कार्यदल सदस्य साेम कृष्ण श्रेष्ठले सभाकाे समापन गर्नुभयो ।