लिलानाथ कोइराला
ओमान /अन्तर्राष्ट्रिय नारी दिवसको अवसर विभिन्न चेतनामुलक कार्यक्रमहरु गर्दै आई रहेको रहेको नेपाली महिलाहरुकाे साझा सस्था नेपाली महिला समूह अाेमनकाे अायाेजना र गैरअाबासिय नेपाली सङघ अाेमनकाे सहयोगमा यही मार्च अाठ तारिक शुक्रबारको दिन कार्यक्रमको आयोजना गरेको छ । १९१० को ८ मार्च को सम्पन्न अन्तर्राष्ट्रिय महिला कन्फ्रेन्स मा आन्दोलन कि नेतृ क्लारा जेट्किन ले यस दिन लाइ महिला दिवस मनाउन प्रस्ताव राखेपछि विस्वभर महिला दिवस मनाउने गरिन्छ ।
१०९ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाउदै गर्दा महिला नेतृ क्लारा जेट्किन लाई सम्झिनु को साथै वहा को ब्याक्तित्व बाट प्रेरणा लिँदै महिला अधिकार र समान सहभागिता को लागि सामाजिक आन्दोलन लाई अझ तिब्र बनाएर अघि बढ्न मार्ग प्रशस्त हुने बिस्वास आयोजक ले लिएको बुझिएको छ ।
ओमानमा अनुशासित रूपले सामाजिक सांस्कृतिक गतिविधि मा अग्रसर रहदै आएकोमहिला समुह ले राखेको यस आयोजनामा संगित र नृत्य को मनोरंजनात्मक कार्यक्रम पनि रहने र NRN सामाजिक क्लव को समेत सहयोग रहने समुह कि अध्यक्ष ऊमा ढुंगानाले ई रुप्से खबरलाई बताऊनु भयाे ।
बिगत सालमा जस्तै सबैको साथ र सहयोग गर्नु हुन संस्था कि कोषाध्यक्ष मधु गुरुङले अनुरोध गर्नु भयो । केही थाेरै भए नि पुरुषलाई प्रवेश शुल्क लिएर प्रवेश गर्न दिने त्यस बाट उठेको रकमलाई राहत काेषमा खर्च गरिने सस्थाकि काेषाअध्यक्ष मधु गुरुङले जानकारी दिनु भयो ।