नेपाल सरकारले विगत २०५१ पछि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्दै आएको छ । २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारको पालामा अर्थमन्त्री भरतमोहन अधिकारीले सामाजिक सुरक्षा योजना कार्यक्रम ल्याएका थिए । देशमा भएका ज्येष्ठ नागरिकहरुको सुरक्षाको जिम्मेवारी राज्यको हो भन्दै तत्कालिन अवस्थामा मासिक एक सय रुपैंयाका दरले सुरु भएको सामाजिक सुरक्षा भत्ता अहिले आएर दुई हजार रुपैंया पुगेको छ । निर्वाचनका समयमा चुनावी नारा बनोस वा सरकार बनाएर आफू पपुलर बन्नका लागि होस विस्तारै विस्तारै बढ्दै गएर अहिलेको अवस्थामा आइपुगेको हो सामाजिक सुरक्षा भत्ताको अवस्था । गत वर्ष निर्वाचनका समयमा एमाले माओवादी गठबन्धनको घोषणापत्रमा आफूहरुले निर्वाचन जितेर सरकार बनेको खण्डमा पा“च वर्ष भित्र सामाजिक सुरक्षा भत्ता रकम पा“च हजार पु¥याउने घोषणा गरिएको थियो ।
रह्यो कुरा सामाजिक सुरक्षा भत्ताको रकम सदुपयोग भयो भएन भन्ने । विगतमा गाविस मार्फत वितरण हुदै गर्दा गाविस सचिवहरुले मनपरी गरे भन्ने गुनासो पनि नआएको भने पक्कै होइन । केहीले गडबढी गर्दै गर्दा सबै मुछिएको पनि यथार्थ पक्कै हो । निश्चित केही व्यक्तिले गरेको बदमासीको सिकार सारा सचिवहरु भएकै हुन् । यसले के देखाउछ भने निश्चित केही व्यक्तीको वदमासीले गर्दा सबै मुछिए र पछि जनताले दुख पाए । त्यही समयमा भएको बदमासीले अहिले बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा सुरक्षीत भए पनि भत्ता लिनेलाई सास्ती भने झन थपिएको छ । जनतालाई सामाजिक सुरक्षा भत्ता दिनका लागि जिम्मेवारी लिएका बैंकहरुले समयमै वितरण नगरेर बद्मासी गर्ने क्रम भने ज्यू“का त्यू“ छ ।
बेनी नगरपालिका भित्रको सामाजिक सुरक्षा भत्तामा अहिले बैंकले गरेको बद्मासीका कारण जनताले सास्ती पाएका छन् । बेनी नगरपालिकाको वडा नम्बर ३ भकिम्लीको जिम्मा पाएको कैलास विकास बैंकले गाउमै गएर सामाजिक सुरक्षा भत्ता बा“ड्यो भने ग्रिन डेपलभमेन्ट बैंकले पनि आफ्नो कार्यालयबाट तत्काल बा“ड्यो तर कृषि विकास बैंकले भने जालझेल गरेर सतायो । सरकारी बैंकले झन समयमै बाड्न पर्नेमा उसले आफ्नोमा सरकारी कार्यालयले खाता नखोलेको भन्दै सामाजिक सुरक्षा भत्ताको रकम झण्डै एक महिना होल्ड गरेर जनतालाई सताउने काम गरेको छ । राज्यको बैंकले राज्यका निकायले गर्ने काममा सहकार्य गर्ला भन्दा सताउने काम गरेर राज्य प्रतिनै उपेक्षा गरेको हो कि जस्तो भएको छ । कुनै पनि बैंक तथा वित्तिय संस्थाले आफूले जिम्मा लिएको काम समयमै गर्नु पर्छ तर कषि विकास बैंकले माघको मध्य तिर पाएको पैसा पनि एक महिना होल्ड गरेर फागुन १५ बाट मात्र वितरण ग¥यो । एक महिना होल्ड गरेर सर्त राखेर पैसा बाड्ने बैंकले राज्य प्रति नै उपेक्षा गरेको त होइन ।