म्याग्दीका नवआगन्तुक प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीलाई आइतबार बेनीमा स्वागत गरिएको छ । निजी क्षेत्रको छाता सङ्गठन म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा स्वागत तथा भेटघाट कार्यक्रमको गरी उनलाई म्याग्दीमा स्वागत गरिएको हो ।
कार्यक्रमको अवसरमा जिल्लाको सुरक्षा अवस्थाको बारेमा उद्योगी, व्यवसायी तथा सुरक्षा अधिकारीहरुबीच अन्तत्र्रिmया र छलफल गरिएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले म्याग्दी जिल्ला पर्यटन र जलविद्युतमा पर्याप्त सम्भावना भएको बताउँदै होटल व्यवसाय, जलविद्युत आयोजना, सडक पूर्वाधार लगायतका क्षेत्रमा प्राथमिकताका साथ सुरक्षा दिनुपर्ने बताएका थिए ।
व्यवसायीले राखेको मागप्रति नवआगन्तुक प्रनाउ मरासिनीले आयोजना तथा उद्योग क्षेत्रको सुरक्षामा विशेष रणनीति अपनाइने बताउँदै पूर्वाधार निर्माणका क्षेत्रमा सरकार सुरक्षाका लागि प्रतिबद्ध रहेको बताएका छन् । कार्यक्रममा धौलागिरी कालिका हाईड्रोका अध्यक्ष विनोद कुँवर र प्रवन्ध÷निर्देशक हर्कमान घर्तीमगरलाई पनि स्वागत गरिएको थियो ।
कार्यक्रम म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालको स्वागत र महासचिव लिलाराम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । यसअघि अध्यक्ष कर्माचार्यले स्वागत मन्तव्यसहित जिल्लाको समसामयिक विषयमा जानकारी गराएका थिए ।