नेपालमा मनाइने मात्र नभएर विश्वले नै अंगिकार गरेको चिजहरुको उद्गम स्थल भनेकै हिन्दू संस्कार हो । यदि केही पनि होइन र काल्पनिक हुन् भने विश्व आधुनिक युगमा प्रवेश गरी रहेको समयमा पनि किन विश्व महाशक्ति मध्येको एक जर्मनीले संस्कृत विश्वविद्यालय र हिन्दू ग्रन्थ भागवत गितालाई आफ्नो मार्गमा लग्दै जान्थ्यो होला । बैदिक सनातन संस्कारमा वर्षै भरी कुनै न कुनै चाड पर्व वा विशेष दिन भएकै छन् । त्यसको अर्थ यो होइन कि हिन्दू संस्कार मान्नेहरुले बहाना बनाउँछन् । कुनै पनि हिन्दू धार्मिक तथ्यहरुको अहिलेको आधुनिक बैज्ञानिक युगमा पनि तारतम्य मिलेकै हुन्छ । हिन्दू धार्मीक मान्यता अनुसार २ सय वर्ष पछि हुने सूर्यग्रहण र चन्द्र ग्रहणको तिथि मिति अनि समय त्यत्तीकै मिल्न गएको पक्कै पनि होइन । अहिलेको विज्ञानले पनि हिन्दू धार्मिक मान्यतालाई सतप्रतिशत नै स्वीकारी सकेको छ भन्दा फरक पर्दैन ।
चन्द्रमासको चौधौं दिन अर्थात् नयाँ चन्द्रमा उदाउनु भन्दा अघिल्लो रात्रीलाई शिवरात्री भनिन्छ । यस अर्थमा हेर्दा वर्षमा १२ वटा शिवरात्री रहेका मान्न सकिन्छ तर फागुन महिनाको कृष्ण चतुर्दशीमा पर्ने शिवरात्रीलाई आध्यात्मीक अनि सांस्कृतिक रुपमा निकै महत्वपूर्ण दिनका रुपमा लिइन्छ । यस दिनलाई बैज्ञानिक रुपमै पनि महत्वपूर्ण एवम् शक्तिशाली मानिन्छ । धार्मीक मान्यता अनुसार यस दिनलाई प्रकृतिले नै आध्यात्मीक पक्षतर्फ तान्ने विश्वास पनि लिइन्छ । आजको दिनमा पाइने शक्ति आर्जन गर्नका लागि नै रात्रीमा जाग्राम बस्ने र बैज्ञानिक रुपमै जसरी आजको दिनलाई शक्तिशाली भनिएको छ त्यो आर्जन गर्न सकिने जनविश्वास पनि छ । नेपाल सनातन रुपमा हेर्ने हो भने हिन्दू राज्य श्लेषमान्तक वनजस्तो पवित्र चरनभूमी, कैलाशको शितल छायाँ परेको भूमी अनि हिन्दुहरुको आस्थाको भूमी । यहाँका प्रत्येक नदि अनि तालमा र भिरपहरामा पनि भगवानको आस्था अनि महत्वले जरा टेकेको छ ।
आजको दिन शिवको वरिपरि घुमेको छ, शिव ति भगवान जस्को आकार छैन, जस्लाई आदि र अन्तले विभाजन गर्न सक्दैन, जस्को रिसको विध्वंशले संसारका सम्पूर्ण अवयवहरुलाई छिन्नभिन्न गरिदिन सक्छ, ति शिवको विशेष अनि प्रिय दिन हो आज । त्यत्ती मात्र नभएर हाम्रो नेपालको रक्षार्थ सिमामा दिनरात नभनी बस्ने ति बिर सिपाहीको दिन पनि हो अर्थात् सेना दिवस । नेपाली सेनाको स्थापना शिवरात्रीकै दिन भएको थियो भने नेपाली सेनाको झण्डामा पनि त्रिशुल अंकित छ र महादेवका परमभक्त हुन् नेपाली सेना । सबै धर्मको रक्षार्थ अहोरात्र मन्साएको बोका जसरी बसेका ति विर सिपाहीहरुलाई त्यही बोका जसरी जति बेला पनि काटिन र मरिन सकिन्छ भन्ने हेक्का हुँदा हुँदै पनि जननी र जन्मभूमिको रक्षार्थ खट्ने सिपाहीलाई सलाम । महाशिवरात्री तथा सेना दिवसको सबैलाई शुभकामना ।