थाइल्याण्डकी राजकुमारी उबोलरतनाले प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी घोषणा गर्नु गल्ती भएको भन्दै क्षमा याचना गरेकी छिन् ।
शाही परिवारको सदस्य रहेकै बेला ६७ वर्षीया उबोलरतनाले ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट केही दिन अगाडी उम्मेदवारी घोषणा गरेकी थिइन् ।
उनको उम्मेदवारीका बारेमा उनका भाई तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आपत्ति जनाएका थिए।
आफ्नी ठूली दिदीले प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको केही घण्टा नवित्दै राजाले राजपरिवारको सदस्य भएको व्यक्ति दलिय र सक्रिय राजनीतिमा संलग्न हुनु नमिल्ने धारणा राखेका थिए।
राजपरिवारका सदस्यहरु राजनीतिमा सक्रिय हुनु संविधान, परम्परा, संस्कृति र संवैधानिक राजतन्त्रको मान्यता विपरित हुने राजाको भनाई थियो ।
राजाको आपत्तिपछि निर्वाचन आयोगले पनि उहाँलाई उम्मेदवार बन्न नमिल्ने भन्दै अयोग्य घोषणा गरेको थियो ।
पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राको राजनीतिक प्रभावका कारण राजकुमारीले उम्मेदवारी घोषणा गरेको बताइएको छ ।
उनलाई सन् २००६ मा सैनिकले गरेको सत्ताविद्रोहबाट पदच्यूत गरिएको थियो । तर सन् २०१४ मा उनकी बहिनी यिङ्लकको सत्तामा पुनरागमन भएको थियो ।
अन्ततः उनलाई पनि भ्रष्टाचारको आरोपमा जेल सजाय दिएर सत्ताच्यूत गरिएको थियो । उनी अहिले निर्वासनमा हुनुहुन्छ भने देश बाहिरैबाट उनले थाई रक्षा चार्ट पार्टी संचालन गरिरहेका छन् ।
थाइल्याण्डमा आउदो मार्च २४ का दिन हुन आम निर्वाचन हुन लागेको छ । एएफपी