अहिले हराजौं आएका छन् सञ्चारको क्षेत्रमा महत्वपूर्ण काम गर्ने चिजहरु तर कुनै समय यस्तो थियो रेडियो नै सञ्चारका लागि निकै महत्वपूर्ण अनि विश्वासीलो माध्यम थियो । गाउँघरमा कसैले समय कति भयो भनेर सोध्ने समयमा मेरो घडी रेडियो सँग ठिक छ भन्ने गर्दथे । तर अहिले त्यो रेडियो विश्वासीलो माध्यम भन्दा पनि कहाँ छ भन्ने अवस्था आउन थालेको छ । नेपालको पहिलो रेडियो रेडियो नेपाल अहिले सुन्नेको संख्या निकै न्यून रहेको छ । रेडीयो रहेको छ तर त्यो कति जनाले सुन्छन् होला भन्ने चाँही निकै महत्वपूर्ण होला । अहिले नेपालको सरकारी सञ्चार माध्यम रेडीयो, नेपाल टेलीभिजन तथा रासस जस्ता समाचार र सञ्चार संस्थाहरु के अवस्था होला अध्ययनको विषय भने पक्कै हो ।
आज फेब्रुअरी १३ अर्थात् विश्वको सञ्चार जगतमा तत्कालिन अवस्थामा रेडियोको आविश्कार भएर सबैलाई सञ्चारको निकै भरपर्दो माध्यम बनेको दिन । सन १८९४ मा इटालीका बैज्ञानिक जी मार्कोनीले रेििडयोको आविश्कार गरेपछि आजसम्म रेडियो र यसका संरचनाहरुले धेरै प्राविधिमय आयाममा परिवर्तन त आइ सकेका छन् । सर्टवेव र मिडियमवेव भनेर आउने रेडियोहरु अहिले फ्रिक्वेन्सी मोडुलेसनमा पुगीसकेको छ । एक दशक पहिला सम्म रेडीयो नेपालका केन्द्रीय र क्षेत्रीय प्रसारणहरु मात्रै थिए भने अहिले टोलटोलमा रेडीयो स्टेसन पुगीसके भन्दा पनि फरक नपर्ला । रेडीयोको आविश्कार हुने समयमा निकै महत्वपूर्ण थियो होला कुनै मानिस बोलेको धेरै टाढा सम्म सुन्न सकिने माध्यमको विकास भयो र एकले अर्कालाई जानकारी दिनका लागि यो निकै महत्वपूर्ण माध्यमलाई अहिले पनि कहिल्यै कदापी भुलिदैन ।
नेपालको १०४ वर्ष लामो जहानीया राणा शासनको जरो उखेली २००७ साल फाल्गुण ७ गते एतिहासिक निर्दलीय प्रजातन्त्र प्राप्तिको एक मिहना नबित्दै वि.सं. २००७ साल चैत्र २० गते देशको पहिलो रेडियोका प्रमुख तारीणी प्रसाद कोइरालाले, यो प्रजातन्त्र रेडियो हो, भनेसंगै जनताले सहज सूचना प्राप्तिको श्रोतको रूपमा “प्रजातन्त्र रेडियो“ प्राप्त भयो । अनि प्रारम्भ भयो पहिलो विद्यूतीय सञ्चार माध्यम जुन ५०० वाट क्षमताको सर्टवेभ मार्फत् ललितपुरको, खुमलटार स्टेशनबाट प्रशारण भएको थियो । अहिले त्यसको परिस्किृत रुपममा आएको छ । तर सरकारी भन्दा निजी क्षेत्रका सञ्चारमाध्यमहरुको लगानी र व्यवसायीकता धेरै छन् । कुनै समय नेपाली जनताको सञ्चारको भरपर्दो माध्यम रेडियो नेपाल अहिले सुन्नेक कति जना हुनुहुन्छ होला ? रेडीयो दिवसको शुभकामना ।
Previous Articleथाइल्याण्डकी राजकुमारी द्वारा क्षमा याचना
Next Article बाहुन र नेवारले एकै मण्डपमा दलित दिदीबहिनी विहे गरे…