पुर्ण विश्वकर्मा
मस्कट / ओमनमा रहेको तमु समाज ओमन द्वारा जनवरी २५ तारिक शुक्रबारको दिन रुवि स्थित पार्क ओय होटलमा
आयोजित चेलीबेटी भोज कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका पुर्ण गुरुङ्गको अध्यक्षतामा सुरु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि गोबिन्द गुरुङ्ग,विशिस्ट अतिथि तोलाकान्ता भटराई ,अतिथी संस्थाका संरक्षक प्रेम गुरुङ्ग सल्लाहकार मनु गुरुङ्ग,लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम उपस्थिति सबैलाई स्वागत गर्दै अन्जान गुरुङ्गले स्वागत मन्तव्य राखेका थिए ।
हरेक वर्षको लोसार पछि गुरुङ्ग समुदायमा दाजुभाइले आफ्ना चेलीबेटीलाई भोज खुवाउने चलन रहेको हुँदा हामी जुन देशमा रहेपनी आफ्नो कला सांस्कृतिकलाई जोगाउनको लागि त्यही चलन अनुसार बिदेशमा भए पनि जम्मा भएका चेलीबेटीलाई भोज खुवाउने गरिएको संस्था अध्यक्ष पुर्ण गुरुङ्गले बताउनु भयो ।
नेपाल बहु भाषा सांस्कृतिक भएको देश हुँदा हरेक समुदायले आ आफ्नो कला सांस्कृतिकलाई जोगाउन बिदेशमा रहेर पनि विभिन्न कार्यक्रम गर्ने गरेका छन ।