नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दी शाखाले विद्यालयस्तरीय इकाई सङ्गठन विस्तार सुरु गरेको छ । आइतबार सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयमा इकाई समिति गठन गरी सङ्गठन विस्तारको कामलाई सुरु गरेको हो ।
प्रकाश माविमा गठित इकाई शाखाको अध्यक्षमा सन्देश बुढाथोकी मगर निर्विरोध चयन भएका छन् । उपाध्यक्षमा कबिन्द्र रोकामगर, सचिवमा सुनिता पुनमगर, सहसचिवमा गंगा गर्बुजा मगर र कोषाध्यक्षमा सपना राम्जाली मगरसहित १७ सदस्यीय कार्यसमिति गठन गरिएको साविक धौलागिरी अञ्चल कार्यसमिति सदस्य धनबहादुर रोकामगरले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर विद्यार्थी संघ केन्द्रीय कमिटी सदस्य गीता बुढामगरले निर्वाचित नयाँ कार्यसमितिलाई बधाई दिँदै मगरहरुकोे लोपोन्मुख भाषा, कला, संस्कृतिको खोज तथा अनुसन्धानमा विद्यार्थीहरु लाग्नुपर्नेमा जोड दिइन् । नेपाल मगर विद्यार्थी संघ म्याग्दीका अध्यक्ष श्याम थापामगरको अध्यक्षता, अञ्चल सदस्य धनबहादुर रोकामगरको सञ्चालन र स्ववियु सदस्य रश्मी रोेकामगरको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।a
Previous Articleउद्यमीलाई प्रोत्साहन गर्नुपर्छ ः मन्त्री पुन
Next Article भवन निर्माणमा म्याग्दीकाली सहकारी