बिन्जु खड्का
मृगौला (Kidneys):
मानव शरीरमा दुईवटा मृगौला हुन्छन् । यिनीहरु पेटको पछिल्लो भाग पिठ्युँ (Posterior abdominal wall) तिर करङ मुनि मेरुदण्डको अगाडि दुवैतर्फ एक–एक वटा रहेका हुन्छन् । यिनीहरुले शरीरमा प्रयोग भैसकी निस्केका विकारयुक्त पदार्थहरु, शरीरमा बढी भएको पानी र लवणहरु रगतबाट छानेर निष्कासन गरी रगतको अम्लीयपन (pH) पनि सन्तुलन गरी राख्दछ ।
Shape, Size and Weight:
प्रत्येक मृगौला सिमी आकार (Bean Shaped) का हुन्छन् । मृगौला करिब ११ से.मि. लामो, ६ से.मि. चौडा र ३ से.मि. मोटो हुन्छ । बायाँ मृगौला केही लामो र साँघुरो हुन्छ । यसको तौल पुरुषमा करिब १५० ग्राम र महिलामा १३५ ग्राम जति हुन्छ । दायाँ मृगौला बायाँ मृगौलाभन्दा केही तल हुन्छ । यसको कारण दायाँतर्फको भागमा कलेजोले बढी ठाउँ ओगट्नु हो ।
Nephron:
यो मृगौलाको मुख्य एकाई पनि हो । प्रत्येक मृगौलामा करिब १० लाख (1 million) संख्यामा नेफ्रोनहरु हुन्छन् । Nephron को एक छेउमा हुने कचौरा आकारको बनावटलाई Bowman’s capsule भनिन्छ । यसमा Afferent arteriole आएर स–साना केसिकाहरुमा विभाजित भई गुजुल्टिएर रहेको भागलाई Glomerulus भनिन्छ । यी साना केसिकाहरु जोडिएर Efferent arteriole को निर्माण भएर Bowman’s capsule बाहिर निस्कन्छ । Glomerular capsule बाट अगाडि बाँकी Nephron को भाग ३ से.मी. जति लामो हुन्छ ।
मृगौलाका कार्यहरु (Functions of Kidney):
१. Formulation या Urine: मृगौलाको प्रमुख काम पिसाब बनाउने हो । मृगौलामा बनेको पिसाब पिसाब नलिहुँदै पिसाब थैलीमा पुग्दछ । यसरी पिसाब थैलीमा आएको पिसाब मुत्रनली (Urethra) भएर बाहिर निस्कन्छ । मृगौलामा पिसाब बन्ने प्रक्रियालाई Physiology या urine formation भनिन्छ ।
२. Excretion of Urine: मृगौलाले शरीरमा बढी भएको पानीलाई पिसाब बनाई निस्कासन गर्दछ । मृगौलाको यही कार्यले शरीरमा पानीको सन्तुलन कायम हुन्छ ।
३. Electrolytes balance: मृगौलाले शरीरमा बढी भएको पानीको साथै Electrolytes र Ions लाई पिसाबमार्फत निस्कासन गरी शरीरमा Electrolytes को सन्तुलन कायम हुन्छ । तरल पदार्थको Intake र Output बीचको सन्तुलनमा मृगौलाको भूमिका महत्वपूर्ण हुन्छ । यसमा Posterior Pituitary gland ले Secreation गरेको DH हर्मोन (Antidiuretic Hormone) को पनि प्रमुख भूमिका हुन्छ ।
4. Excretion of metabolism products: मृगौलाले शरीरमा बढी भएको पानीको साथै Protein metabolism प्रक्रियाबाट निस्किएका विकारयुक्त तत्वहरुलाई Urea र Uric Acid को रुपमा पिसाबद्धारा शरीर बाहिर पठाउने काम गर्दछ ।
५. Excretion of drugs, toxin and other chemical substances: मृगौलाले शरीरलाई हानिकारक हुने Drugs, toxin and other chemical substances लाई पिसाबसँगै निस्काशन गर्दछ ।
६. Secretion या hormones: मृगौलाले रातो रक्तकोष बन्न सहयोग गर्ने Erythropoietin नामको हर्मोन उत्पादन गर्दछ ।
७. Formation of vitamin D: मृगौलाले 1,25 – dihydroxycholecalciferol (Biologically active vitamine-D) बनाउँदछ । मृगौलाले Vitamin D लाई Active from मा परिणत गर्दछ ।
८. Regulation of blood pressure and pH: मृगौलाले शरीरमा Renin नामक हर्मोन पैदा गरेर रक्तचाप नियमित र सन्तुलित गराउँदछ । मृगौलाले रगतमा pH Level को सन्तुलन गराउँदछ ।
मृगौला रोग घातक तर सजिलै रोकथाम गर्न सकिने रोग हो । सामान्य लापरबाहीले पनि लाग्न सक्ने मृगौला रोगले मानिसको घरखेत समेत सिध्याउँछ । किनभने मृगौला रोगको उपचार एकदमै महंगो र जटिल पनि छ । आर्थिक अवस्था कमजोर भएकाहरुका लागि त मृगौला रोग अभिसाप नै हो । यसो भन्दैमा निरास पनि हुनु पर्दैन किनभने सामान्य सावधानीबाटै मृगौला बचाउन पनि सकिन्छ । कम्तिमा वर्षको एकपटक पिसाब वा रगतको जँचबाट मृगौलाको अवस्था थाहा पाउन सकिन्छ । त्यसैले मृगौलाको काम, रोगको रोकथाम, विग्रिने कारणबारे जानकारी राख्नु मानव स्वास्थ्यको हितमा छ ।
मृगौलाको मुख्य कामः
शरीरबाट दुषित र हानिकारक पदार्थ निस्कासन गर्नु, शरीरमा पानी र लवगणको मात्रा सन्तुलन गर्नु, रक्तचाप नियन्त्रण गर्नु, रगत बनाउन मद्दत गर्नु र हड्डी मजबुत बनाउनु ।
मृगौला रोगका मुख्य कारणहरुः
मधुमेह (Diabetes), उक्त रक्तचाप (Hypertension), नेफ्रायटिस (Nephritis), मृगौला पत्थरी (Kidney Stone), अत्याधिक मोटोपना (Obesity), बंशाणुगत रोगहरु (Hereditary Disease) र चिकित्सकको सल्लाह विना जथाभावी औषधी प्रयोग गर्नु । यी रोगहरु समयमै पत्ता लगाएर उपचार गरेमा मृगौला रोगको रोकथाम र मृगौला बचाउन सकिन्छ ।
मधुमेह (Diabetes): मृगौला रोगको प्रमुख कारण मानिने मधुमेह रोगले नेपालमा महामारीको रुप लिने अनुमान गरिएको छ । मधुमेहको मुख्य कारण जनसंख्या वृद्धि, वृद्धहरुको संख्या वृद्धि, सहरीकरण, अस्वस्थकर खानपान, अधिक मोटोपन, व्यायामको कमी हुनु ।
उक्तरक्तचाप (Hypertension):
उक्तरक्तचाप विश्वको मुख्य समस्या बनेको छ । यो समस्या वर्ष नै बढ्दो क्रममा छ । मृगौला खराबी गर्न उच्च रक्तचाप अर्को मुख्य कारण हो । उमेर बढ्दै जाँदा रक्तचापको समस्या पनि बढ्दै जान्छ । मृगौलाका रोगीहरुलाई हृदयघात र पक्षघातको सम्भावना सामान्य मानिसमा भन्दा आठ गुणा बढी हुने विभिन्न सर्वेक्षणले देखाएका छन् । सुरुकै अवस्थामा मृगौला रोग पत्ता लागेमा अधिकांश मृगौला रोगको रोकथाम गर्न सकिने चिकित्सकको भनाई छ । मृगौला रोगमा सुरुको अवस्थामा कुनै लक्षण वा समस्या नदेखिन सक्छ र अन्तिम अवस्थामा मात्रै समस्या देखिने हुनाले मानिसलाई डायालाइसिस वा मृगौला प्रत्यारोपणको आवश्यकता पर्छ । यो उपचार प्रक्रिया अतिनै खर्चिला हुन्छन् । विकसित राष्ट्रको स्वास्थ्य बजेटलाई त यो समस्यानै धेरै अप्ठ्यारो पारेको छ भने विकासशिल राष्ट्रका अधिकांश मानिसका लागि मृगौला रोगको उपचार अकल्पनिय हुन्छ । त्यसैले रोग लागे पछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो ।
रोगथामका केहि उपायहरुः
धुम्रपान नगर्ने, रक्तचाप १४०÷९० वा त्यो भन्दा बढी भएमा चिकित्सकको सल्लाह लिने, नियमित व्यायाम गर्ने र शरिरलाई तन्दुरुष्त राख्ने, मधुमेहका विरामीले आफ्नो रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने, रक्तचाप नियमित जचाँउने र दिनमा करिव ६ गिलास पानी पिउने, चिकित्सकको सल्लाह विना जथाभावी औषधीको प्रयोग नगर्ने, अस्वस्थ खानेकुरा नखाने, रसायनिकयुक्त क्षेत्रमा काम गर्दा सावधानी अपनाउने, वार्षिक रुपमा स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गर्ने । हामी स्वस्थ्य रहनु भनेको हाम्रा सबै अंगहरु स्वस्थ हुनु हो । जिब्रोको स्वादलाई मात्र नभई सम्पूर्ण अंगहरुको स्वस्थतालाई ध्यान दिऊँ । हामी सबैले हाम्रो शरीरको प्रत्येक अंगहरुको बारेमा सामान्य ज्ञान राख्नु जरुरी छ, किनभने प्रत्येक अंगको रचना र क्रिया विज्ञान फरक–फरक छ ।
(खड्का निलगिरि अस्पतालकी नर्सिङ इन्चार्ज हुन् ।)