पहलबहादुर खत्री
राज्यका नागरिकहरुको सबैको आ–आफ्नै भूमिका हुन्छ । त्यस्तै फरक भूमिका निर्वाह गर्ने मध्येका एक जना व्यक्तित्व हुन् बेनी नगरपालिका–७ का पहलबहादुर खत्री । म्याग्दी सरदमुकाम र आसपासका क्षेत्रमा सार्वजनिक सम्पत्तीको दोहन गर्नबाट रोक्नका लागि लामो समयदेखि पहलकदमी गर्दै आएका पहलबहादुरले सार्वजनिक सम्पत्ति तथा जग्गालाई निजीकरण हुनबाट रोक्नका लागि सधैँ नै पहल गरे र उनको पहलकदमी धेरै जसो सफल पनि भयो । कयौंले विनाअर्थ दुःख दिएको भनेर सत्तोसराप पनि नगरेका होइनन् तर उनको सामाजिक उत्तरदायित्व र राज्यको सम्पत्ति जोगाउने हुटहुटी कहीँकतै पनि बिचलित हुन सकेन र भएन पनि । बेनीबजार र आसपासका क्षेत्रका अधिकांश सार्वजनिक जग्गालाई जोगाउनका लागि उनले सधैंै पहल गरी रहे र उनको पहल निरन्तर जारी पनि छ । विभिन्न स्थानमा निजी स्वार्थका लागि विभिन्न व्यक्तिले च्यापेका, गैरकानुनी रुपमा भोगचलन गरेका जग्गाहरुलाई सार्वजनिक कायम गराउनका लागि उनले आफ्नो धेरै समय खर्चिएका छन् भने कतिसँग दुस्मनी नै मोल्नु प¥यो । उनले गरेका पहलका कार्यहरु यहाँ उल्लेख गर्ने जमर्को गरेका छौं ।
पहलबहादुर खत्रीले म्याग्दी जिल्ला साविक अर्थुङ्गे गा.वि.स. वडा नं १ देखि ९ सम्ममा नेपाल सरकार वा बेनी नगरपालिका वडा नं ६ देखि ८ वडामा सार्वजनिक सम्पत्ति÷जग्गालाई आफू नेपाली भएको हैसियतले गर्नुपर्ने कर्तव्य मात्र आफ्नो हिसाबले पूरा गरेका थिए । उनले साविक अर्थुङ्गे गाविस वडा नं. ८ थलथले वनको जग्गा स्थानीय असोक खत्रीले २ रोपनी च्यापेर भोगचलन गर्दै आएकोमा २०५८ अदालतबाट उक्त जग्गा सार्वजनिक अर्थात् वनको भएकोले सार्वजनिक कायम भएको थियो ।
साविकको अर्थुङ्गे गाविस–८ मा थाकन आलुखोला वनमा इन्द्रबहादुर बानियाँले ३ रोपनी निजी रुपमा प्रयोग गर्दै आएका थिए । उक्त जग्गा २०६० सालदेखि राज्यको भन्ने अदालतबाट फैसला भएको छ । त्यस्तै २०७३ सालमा थाकन भालु खोलावनको ३ रोपनी पदमबहादुर बानियाँले प्रयोग गर्दै आएको मुद्धा चलिरहेको भए पनि विवाद अझैसम्म पनि जारी छ । उक्त सार्वजनिक जग्गालाई राज्यकै कायम गराउनका लागि पहलबहादुरको पहलकदमी अझै पनि जारी छ।
जिल्लाको सातमुरे भन्ने ठाउँमा देवी कार्की र लक्ष्मी शर्माले १०÷१० हात पिछाड सार्वजनिक जग्गा हडपेर निर्माण गरेकोमा त्यसलाइ नापी झिकाएर नक्साङ्कन गरी यथार्थ जानकारी गराउने काममा पनि भूमिका निर्वाह भएको छ ।
जिल्लाका धेरै स्थानका जग्गा जमिनहरुमा विवाद त हुन्छ र जारी छ पनि । गाउँगाउँमा धेरै यस्ता विवाद भएका छन् र त्यसता जग्गाको बारेमा लामो समयसम्म बहसपैरवी भएका छन् । तर पनि निचोड निस्कन भने निकै मुसस्कल पनि भै रहेको छ । त्यस्तैमा जिल्ला सदरमुकाम बेनी बजार क्षेत्रमा निकै लामो समयदेखि यस्तै एउटा विवाद जारी छ । सदरमुकाम बेनी बजारको मुटु मानिने क्याम्पसचोक नजिकै २०४८ सालदेखि अहिलेसम्म पनि एउटै विषयको विवाद छ त्यो हो सार्वजनिक जग्गा व्यक्तिले हडपेको । त्यसमा पनि लामो समयसम्म बहस पैरवी जारी छ तर पनि त्यो सार्वजनिक जग्गाको निक्र्यौल हुन भने सकेको छैन । तर पनि त्यस जग्गालाई सार्वजनिकरण गर्ने योजना भने कदापी हटेको छैन ।
साविक अर्थुङ्गे १ हाल बेनी न.पा. ८ क्याम्पस चोकदेखि माथिको खोल्सी । नापीमा कित्ता नम्बर १६५ को सार्वजनिक २ रोपनी जग्गा बेनी न.पा. ८ भगवानप्रसाद श्रेष्ठले निजको कि.नं. ३८१ को जग्गाको नाताले पूर्व हाल देखि फुलवारी जाने बाटो पानीको निकास भएको खोल्सो भने जग्गा निजको जग्गादेखि पूर्वपट्टी पर्ने जग्गा लम्बाई १५ मिटर चौडाई ४ मीटर च्यापेर ब्लकको छाप्रो निर्माण गरेका छन् । उक्त जग्गालाई सार्वजनिकरण गर्नका लागि २०४८ सालदेखि अदालतमा र अख्तियारी अनुसन्धान कार्यालयमा उजुर गरेकोमा अख्तियारबाट नापी कार्यालय, नगरपालिका, जिल्ला प्रशासनलाई कारवाही गर्नु भनि लेखी आएको छ तर कुनै पनि कार्यालयले त्यसलाई सार्वजनिक गर्नका लागि कदम चालेका छैनन् शिवाय पहलबहादुर ।
सोही कित्ताको खोल्सी जग्गा सतोष बरुवाल आफ्नो तर्फबाट उत्तरतर्फ लम्वाई ६ हात चौडाई ६ हात चापी घर बनाएकोमा अदालत एवम् अख्तियार अनुसन्धानबाट पनि उक्त सार्वजनिक जग्गा सार्वजनिक कायम गर्नका लागि बेनी नगरपालिकालाई कारवाही गर्न भनि लेखी आएको भए पनि अझै सम्म पनि कारवाही हुन सकेको छैन । सोही १६५ नम्बर कित्ताको जग्गालाई कमलकुमारीले श्रेष्ठले आफ्नो दक्षिण तर्फ ८ हात जग्गा हडपेर घर बनाएकोमा २०४८ देखि मुद्धा चलिआएको छ।
चन्द्रबहादुर वि.क. छोरा मोहन वि.क.ले पनि सोही कित्ताको जग्गा आफ्नो घरदेखि पछाडीपट्टी ८ हात हडपेर बनाएकोमा अहिले कारवाही चलिरहेको छ । त्यस्तै हाल नमस्ते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालय रहेको दिपेन्द्र श्रेष्ठको नाउँमा रहेका घरले पनि २ हात सरकारी जग्गा हडपेर बनाएको छ ।
बेनी बजारको क्याम्पसचोक नजिकै रहेको बलराम सुवेदीले पनि सार्वजनिक जग्गा कित्ता नम्बर १६५ को जग्गा आफ्नो घरबाट पुर्वपट्टीबाट लम्वाई ८ हात र चौडाई ६ हात हडपेर घर बनाएका छन् । उक्त जग्गाको पनि विवाद कायमै रहेको भए पनि टुङ्गोमा पुग्न सकेको छैन । सोही जग्गा मध्येको जग्गा बमबहादुर वि.क.ले आफ्नो घरपट्टीबाट पूर्वपट्टी लम्वाई ८ हात चौडाई ६ हात चापी घर बनाएका छन् र उक्त जग्गाको विषयमा पनि राज्यको सम्पत्तीलाई जोगाउनु पर्ने कर्तव्य ठानेर मुद्दा हालिएको छ । सोही कित्ताको जग्गा उदविर घर्ति वि.क.ले १२÷१२ हात लम्बाई चौडा च्यापेकोमा विवाद जारी छ । त्यसको पनि कानुनी कारवाही प्रकृया पनि चलेकै छ । सोही जग्गा दखमबहादुर थापा मगरले पनि ८ हात लम्वाई ८ हात चौडाई हडपेर भोगचलन गर्दै आएका छन् ।
साविकको अर्थुङ्गे गाविस १ क बेनी अस्पताल भन्दा माथिको सार्वजनिक बाटोको जग्गा खुम बहादुर बानियाले २०६८ साल देखि १८ हात लम्बाइ र १४ हात चौडा हडपेकोमा अहिले उक्त जग्गा सार्वजनिक कायम भएको छ । त्यस्तै अर्थुङ्गे १ मा पर्ने जलेश्वर हाल बे.न.पा. ८ बस्ने मन बहादुर चर्मकारले आफ्नो बाबुको नाममा रहेको १ (ग) कि.नं. २६ को जग्गाको उत्तर तर्फ पर्ने पाखोखरवारी निजले मेरो हो भनि २०३८ साल देखि कब्जा गरेर प्रयोग गर्दै आएकोमा हाल नापी हेर्दा नापीमा सार्वजनिक रहेको देखिएकोले अख्तियार अनुसन्धानमा निवेदन गरेकोमा बेनी नगरपालिका, जिल्ला प्रशासन, नापीलाई उक्त जग्गा नापजाँच गर्नुभनी गोप्य पत्र आएको हुँदा नापी नक्सा गर्दा सार्वजनिक कायम गरेको छ । उक्त सार्वजनिक १२ रोपनी जग्गा व्यक्तीले हडपेका थिए ।
त्यसैगरी अर्थुङ्गे १ (ख) कि.नं. ४ को सार्वजनिक जग्गामा भैरबहादुर श्रेष्ठले चौतारी बनाएको जग्गा गलेश्वर जाने बाटोमा पर्दछ। उक्त जग्गा पनि मनबहादुर चर्मकारले नै हडपेर भोजचलन गर्दै आएकोमा विवाद भै रहेको छ । भने अर्थुङ्गे १ (ख) कि.नं. ४ को जग्गामुनी डल्ले पिपलबाटो मुनिको नेपाल सरकारको नाउँमा रहको ४ रोपनी जग्गा हाल बे.न.पा. वडा नं. ८ मा पर्दछ उक्त जग्गा पनि मन बहादुर चर्मकारले हकभोग गरी खाएकोमा हाल विवादकै अवस्थामा छ।
कुनै समय यस्तो पनि थियो राज्यको जग्गा पनि मेरो हो भन्दै अरुलाई दिने पनि गरिएको थियो । त्यस्तैमा २०५६ सालमा अर्थुङ्गे २ (ख) को सार्वजनिक जग्गा गोविन्द राजभण्डारीले नेपाल टेलिकमलाई दिएका थिए । तर उक्त जग्गाको विषयम अदालतमा मुद्दा चलाएइको थियो ।
अर्थुङ्गे २ (ख) मंगलाघाट चौतारी पोखरी भएको जग्गा २०४८ सालमा माया साघु शेरचनले चापी घर बनाएकोमा अदालतमा मुद्दा दायर भएपछि अदालतको फैसलाले सार्वजनिक कायम भएको छ। यसैगरी २०३४ सालमा अर्थुङ्गे १ (क) फुलवारी भन्ने हाल म्याग्दी क्याम्पस रहेको जग्गा २०३४ सालमा भिमबहादुर श्रेष्ठ र मेजरमान श्रेष्ठले आफ्नो नाउँमा दर्ता गर्न खोज्दा विवाद भयो उक्त जग्गा गुठीको थियो ।
धेरै यस्ता विवादका घटनाहरु भए जो पहलबहादुको व्यक्तिगत स्वार्थ भन्दा पनि राज्यको सम्पत्ती थियो र त्यसलाई राज्यकै बनाउनु पर्छ भन्ने उनको पहल मात्र हो । २०५८ सालमा धन कुमारी शाहीले अर्थुङ्गे ३ एकपाटे भन्ने पाखो जग्गा ८ रोपनी दावी गरेकी थिईन् उक्त जग्गा उनको नभएर राज्यको थियो त्यसलाई निजिकरण हुन नदिएर राज्यकै बनाउने काम भएको छ। २०६४ सालमा ज्यामरुककोट वडा नंं. ८ हाल बेनी नगरपालिका वडा नं. २ हाँडेभिरमा चौतारी र ठाँटी भएको जग्गा बे.न.पा. ८ बेनी बजारमा बस्ने अमृत श्रेष्ठले मेरो भनि दावी गरेका थिए । तर उक्त जग्गा सार्वजनिक हो र त्यसलाई सार्वजनिक नै कायम गर्नका लागि पहल भयो र सफल पनि भएको छ ।
हामी सबैले राज्यको सम्पत्ती जोगाउन पर्ने कर्तव्य हो । राज्यले जनताको बारेमा सोच्ने र जनताको अधिकारको रक्षा गर्ने हो भने नागरिकले पनि आफ्नो कर्तव्य पूरा गर्न पक्कै पनि पर्छ । यस्तै शिलशिलामा २०५६ सालमा अर्थुङ्गे १ डल्ले पिपल चौतारीको सार्वजनिक जग्गा च्यापेर हिराबहादुर गौचनले घर निर्माण गरेकोमा अदालतमा मुद्दा चलाई उक्त सार्वजनिक जग्गालाई सार्वजनिक नै गराइएको छ।
अहिले मात्र नभएर विगत लामो समयदेखि राज्यको सम्पत्तीलाई जोगाउने र खाली जग्गामा वृक्षारोपण पनि गर्ने काम भै रहेको छ पहलबहादुरकै पहलमा । यस्तै शिलशिलामा नेपाल खाद्य संस्थानको नाउमा रहेको बेनी बजार स्थित जग्गा पनि विवादमा आएको थियो र २०७१ सालमा त्यसलाई पनि केही मात्रामा भए पनि नगरपालिका मातहत ल्याउने काम भएको थियो ।
बेनीबजार निवासी पहलवहादुर खत्रीसँगको कुराकानीमा आधारित
बेनी र आसपासमा क-कसले हडपेका रहेछन् त सार्वजनीक जग्गा
Previous Articleगुरुङ समुदायले मनाए ल्होसार पर्व
Next Article जनप्रियले मनायो ६७औं वार्षिकोत्सव