मस्कट– तमु समाज ओमनले आफ्नो मुख्य पर्व फो– ल्होसार को अवसरमा आयोजित सांस्कृतिक कार्यक्रम शुक्रवार अल मासा हल रुबिमा भब्याको साथ सम्पन्न भएको छ ।
गुरुङ जातीको भेषभूषामा सजिएर आएका तमु समाज ओमानका पदाधिकारीहरुले कार्यक्रममा आउने पाउनालाई विषेश स्वागत गरेका थिए । कार्यक्रमको उद्रघाटन नेपाली राजदूतावास मस्कटकी श्रम सहचारी कृष्ण गौली र अन्य ओमानवासी समाजसेवीहरुले पानसमा द्विप प्रज्वलन गरेर गरिएको थियो।
कार्यक्रममा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए भने नेपालबाट आएका नेपाल आइडल सिजन १ का फाइनलिस्ट सागर आले मुख्य आकर्षणका केन्द्र थिए ।
कार्यक्रममा सागर आलेलाई सहयोग गर्दै नेपाल बाटै आएकी लोक गायिका एलिना गुरुङले आफ्नै सालैजो गित गाएर सबैलाई मन्त्रमुग्ध बनाएकी थिइन्।
तस्बिर : सामाजिक संजाल बाट साभार