पुर्ण विश्वकर्मा
इरुप्से ड्टकम / ओमन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संगठित सदस्य तथा हाल प्रवासी नेपाली एकता मञ्च अोमानको शुभ चिन्तक कमरेड भरत जंग राईलाई २८ नोभेम्बर शुक्रबारको दिन रुसेल गार्डन्मा सम्मान तथा बिदाई गरेको छ ।
कार्यदलका सदस्य कमरेड उमेश विकको अध्यक्षतामा र कार्यदलकै सदस्य क. महेश न्यौपानेको सञ्चालनमा कमरेड राईलाई विदाई गरिँदा कार्यदलकै सदस्य क. सोमकृष्ण श्रेष्ठ लगाएत मञ्चका सदस्य क. लिलानाथ कोईराला, क. रञ्जित अाचार्य सहितले विदाई तथा शुभयात्राको कामना सहित अाफ्ना विचारहरू राख्नु भएको थियो ।
उहाको बिचार योगदानको उच्च मुल्यांकनले उहामा अझै स्वदेश गैसकेपछी पनि जिवनोपरान्त सधै सर्वाहाराबर्गिय राजानितिमा अग्रसर रहिरहने कुरा स्वयम् आफुले समेत र कार्यक्रमको समापनमा बोल्नुहुने कार्यक्रमका अध्यक्ष कमरेड उमेश विश्वकर्माले उहाको ओमन बसाईको मुल्यवान समय,योगदान,सहकार्य सधै हामी बिच ईतिहास बनिरहने र सम्झिरहने छौं भन्दै उहाँको आवस्यकता मञ्चलाई खड्किरहने बताउनु भयो । नेपाल गएर पनि पार्टी ,सङ्गठनमा आवद्ध भएर त्यो खडिकिएको आभासला पुरा गर्नुहुनेमा आफू र सिङ्गो मञ्च र अहिलेको एकीकृत पार्टी पनि बिस्वस्त रहेको धारणा राख्दै बिदाइको लागि शुभयात्राको सन्देश ब्यक्त गर्नुभएको थियो।