कृष्ण कँडेल
बागलुङ, ७ कात्तिक – जिल्लाको अधिकारीचौर–९ मस्तीका स्थानियले मोटरबाटो मर्मतका लागि छुट्याईएको रकम बचाएर विद्यालयलाई सहयोग गरेका छन् ।
वडाबासीले श्रमदान गरि बाटो मर्मत गरेर गाविसबाट मोटरबाटो मर्मतमा छुट्याइएको ३० हजार रकम जनजागरण प्राथमिक विद्यालयलाई सहयोग गरेका हुन् । वडाका ४६ घरधुरीले बुर्तिबाङ गाविसको सलामकोटदेखि मस्तीहुँदै देविस्थानको अर्नाकोट देउरालीसम्मको मोटरबाटो श्रमदान गरि मर्मत गरेर उक्त रकम जोगाएको वडा नागरिक मञ्चका अध्यक्ष राजबहादुर कुँवरले जानकारी दिए ।
विद्यालय सञ्चालनका लागि रकम अभाव भएपछि मोटरबाटो श्रमदान गरि मर्मत गरेर विद्यालयलाई रकम दिर्ईएको उनको भनाई छ । कक्षा ३ सम्म पढाई हुने विद्यालयमा १ जना शिक्षिका र एकजना कार्यालय सहायक मात्र छन् । कार्यालय सहायकको तलब स्थानिय स्रोतबाट खुवाउने गरि नियुक्त गरिएको छ ।
विद्यालयको आर्थिक स्रोत नभएका कारण तलबभत्ता खुवाउन समस्या भएपछि स्थानियले यस्तो उपाय निकालेका हुन् । सबै कक्षाहरु १ जना शिक्षक र कार्यालय सहायकको भरमा चलाउनुपर्ने भएकाले बहुकक्षा शिक्षण गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक प्रेमकुमारी कुँवरले बताए ।
Previous Articleविद्यामन्दिरमा बुढा विद्यार्थीहरु नाच्दा !
Next Article एशोसिएसनको अध्यक्षमा पौडेल