बागलुङ, ७ कात्तिक – कम्प्यूटर एसोसियसन महासंघ नेपाल बागलुङको प्रथम साधारणसभा तथा अधिवेसन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
बागलुङमा कम्प्यूटर व्यवसाय गर्दै आएका र महासंघमा आवद्ध व्यवसायीहरुको अभिवेसनले कृष्णप्रसाद पौडेल कुमारको अध्यक्षतामा ९ सदस्यिय समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा भुमिराज शर्मा गौतम, सचिवमा प्रकाश आचार्य, कोषाध्यक्षमा बिकास श्रेष्ठ र सह–सचिवमा लोकेन्द्र थापा क्षत्री रहेका छन् । सदस्यमा युवराज कडेल, देविप्रसाद आचार्य, सोम शर्मा र दया शर्मा रहेका छन् ।
अभिवेसनको उद्घाटन बागलुङ उद्योग बाणिज्य संघका कार्यवहाक अध्यक्ष यूवराज राजभण्डारीले गरेका थिए । कार्यक्रममा संघका कार्यवहाक अध्यक्ष राजभण्डारी र संस्थापक अध्यक्ष अर्जुन घिमिरेले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा तदर्थ समितिका कोषाध्यक्ष प्रकाश आचार्यले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रम तदर्थ समितिका अध्यक्ष कृष्णप्रसाद पौडेल कुमारको अध्यक्षता, उपाध्यक्ष भुमिराज शर्मा गौतमको स्वागत र सचिव युवराज कंडेलको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleमोटरबाटोको रकम विद्यालयलाई प्रदान
Next Article राज्यको पुनसंरचनाबारे बागलुङमा अर्काे तरंग