चलचित्र ‘छक्का पन्जा ३’ले ५१ दिन मनाएको छ । असोज २४ गते (दशैंको घटस्थापना)बाट रिलिज भएको चलचित्रले देशभरका १३ हलमा प्रदर्शनको ५१ दिन मनाएको हो ।
चलचित्रले उपत्यकामा मल्टिप्लेक्स अन्तर्गत क्यूएफएक्सको सिभिल मल सुन्धारा, बिग मुभिज कमलपोखरी, एफ क्यूब सिनेमा चुच्चेपाटी चाबहिल, बिजी मल बिएसआर गोंगबु तथा सिङ्गल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स प्रा.लि. बाइपास बालाजु, गुण सिनेमा ग्वार्को, गंगा सिनेमा बालाजु, गोपी कृष्ण मुभिज चाबहिल र बाराही मुभिज भक्तपुरमा ५१ औँ दिन पार गरेको हो ।
यसैगरी मोफसल अन्तर्गत कालिका सिनेमा बुटवल, क्यूएफएक्सकै जालमा नारायणगढ र बागेश्वरी नेपालगञ्ज तथा विन्ध्यवासिनी सिनेमा पोखरामा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो ।
दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाँई, केदार घिमिरे, जितु नेपाल, बुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।