जब टेलिभिजन तथा अन्य सञ्चार माध्यममा एचआइभी तथा एड्स विरुद्धका पर्चाहरु अनि सूचना देखिन्छ मानिसले नाक खुम्च्याउँछन् । सामान्यतया यसलाई यौन सम्पर्कबाट लाग्ने रोगको रुपमा लिइने भएकाले मानिस यसको नाम सुन्ना साथ तर्सने र यसबाट संक्रमीतहरुलाई हेयको दृष्टीले हेर्ने गर्दछन् । तर सम्पूर्ण तबरबाट हेर्ने हो भने एड्स तथा एचआइभीको संक्रमण यौन सम्पर्कबाट मात्रै भएको भन्ने तथ्य गलत सावित हुन्छ । पहिलो माध्यम त असुरक्षीत यौन सम्पर्क नै हो तर पनि रगत लिँदा तथा सुइलगायतका औजारबाट पनि यौन रोग सर्ने गर्दछ । मुख्यतया यौन जन्य क्रियाकलापका लागि अत्यन्त संकुचित समाज अनि त्यही कारणले गर्दा हुने असुरक्षित यौनजन्य क्रियाकलापका कारणले गर्दा एचआइभी तथा एडस्को संक्रमण हुन्छ । त्यसका बारेमा सचेत भएको खण्डमा यो संक्रमणबाट बच्न सकिन्छ ।
नेपालमा पहिलो पटक एचआइभीको संक्रमण सन १९८८ मा पत्ता लगाइएको थियो । अमेरिका लगायतका पश्चिमा देशहरुमा बाँदरबाट मानिसमा सरेको भन्दै अनुमान लगाइएको यो रोग कहाँबाट उत्पत्ती भयो भन्ने त अझै पनि पत्ता लाग्न सकेको छैन तर पनि यो असुरक्षित यौन क्रियाकलापकै उपज भने पक्का हो । नेपालमा यो रोगको संक्रमण पत्ता लागेको ३० वर्ष विति सकेको अवस्था भए पनि यसबाट संक्रमित भएका व्यक्तहरु अझै पनि लुकेर बस्ने र उपचारात्मक तथा परामर्श लिने र सुधारका उपाय अपनाउनेको संख्या अहिले सम्म पनि निकै कम छ । सामाजिक रुपमा अपहेलित हुन पर्ने अवस्थाका कारणले गर्दा एचआइभी तथा एड्सका संक्रमितहरुले आफूलाई थाहा भए पनि कसैलाई पनि नभनेर लुकाएरै बस्ने कारणले गर्दा नै झन समाज असुरक्षित बन्दै गएको छ ।
नेपालको अवस्थालाई हेर्ने हो भने झण्डै एक दशक अगाडी सम्म महामारीका रुपमा हेरीने यो रोगलाई अहिले भने खासै केही होइन र यो समस्या सामान्य हो भन्नेहरु पनि भेटिन्छन् । एचआइभी तथा एड्सको संक्रमण भए पछि मानिसको मृत्यु तत्कालै हुने भन्दा पनि यसको संक्रमण भएपछि मानिसको रोग संग प्रतिरोधी क्षमता कमजोर हुँदै जाने भएकाले त्यसै कारण अन्य रोगको संक्रमणबा मानिसको मृत्यु हुने हो । यसका लागि हामी सबैले वैदेशिक रोजगारीमाजानेक्रममा बिचार गर्नु पर्छ । त्यस्तै यौन सम्पर्क गर्दा असुरक्षित तरीका नअपनाउने, सुई निर्मलीकरण नगरी प्रयोग नगर्ने लगायतका मुख्य कुरामा ध्यान दिन सकियो भने एड्सबाट पक्कै बचिन्छ ।