नेपाल र कम्बोडियाबीच हवाई सम्झौता हुने भएको छ । दुवै मुलुकबीच शुक्रबार हवाई सम्झौता हुने भएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले दुवै मुलुकबीच हवाई सम्झौता हुने जानकारी दिए ।
प्रधनमन्त्री केपी शर्मा ओली र एसिया प्यासिफिक सम्मेलनमा सहभागि हुन नेपाल आएका कम्बोडियाका प्रधानमन्त्री हुन सेनको उपस्थितिमा दुवै मुलुकबीच हवाई सम्झौता हुने भएको हो ।
सम्झौतामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र कम्बोडियाका मिनिस्टर इन्चार्ज अफ द स्टेट माओ हेभेनिलले हस्तार गर्ने मन्त्रालयका अधिकारीहरुले बताएका छन् । यसअघि बिहीवार हुने भनिएको उक्त सम्झौता समय नमिलेका कारण शुक्रबार हुने भएको मन्त्रालयका प्रवक्ता उपाध्यायले बताए ।