दुवै मृगौलामा खराबी आएपछि उपचार गराइरहेका म्याग्दीका एक युवालाई दक्षिण कोरियाबाट आर्थिक सहयोग भएको छ । मंगला गाउँपालिका–५, नेटाका मृर्गौलापीडित सुरेश छन्त्यालको उपचारका लागि कोरियाबाट ३७ हजार एकसय ८० रुपैयाँ एक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो ।
म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको सुरेश बचाउ अभियानलाई सहयोग पु¥याउन मंगला गाउँपालिका–४, सोरडाँडा स्थायी घरभई हाल दक्षिण कोरियामा कार्यरत लालप्रसाद रोकाको नेतृत्वमा उक्त रकम सङ्कलन गरिएको थियो ।
सङ्कलित रकम जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत रोकाका आफन्त प्रहरी नायव निरीक्षक मिनबहादुर थापाले सुरेशकी आमा सीता पाईजा र अभियानका सदस्य लालकुमार रोकालाई हस्तान्तरण गरेका थिए । दुवै मृर्गौला फेल भएका १९ वर्षीय सुरेश हाल अल्का अस्पताल काठमाण्डौंमा उपचारत गराइरहेका छन् । उपचारका लागि ३० देखि ३५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
आर्थिक अवस्था कमजोर सुरेशका लागि परोपकारी संस्था शान्ति कोषले गएको भदौ ५ गतेदेखि सञ्चालन गरेको सुरेश बचाउ अभियानमा हालसम्म करिब २८ लाख रुपैयाँ सङ्कलन भएको कोषका अध्यक्ष राजेश शाक्यले बताए । घर परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि आफन्तले ऋणधन सङ्कलन गरी उपचारमा सहयोग गरेका थिए । छन्त्यालको उपचारमा करिव २१ लाख खर्च हुने अनुमान गरिएको छ ।
Previous Articleबेनीमा १७औं अन्तरमावि जेसीज कप फुटबल सुरु
Next Article बलात्कार आरोपीत जेल चलान