जगत वि.क. भन्ने रमेशकुमार पुनलाई बलात्कार आरोपमा पूर्पक्षका लागि कारागार चलान भएका छन् । मङ्गलबार जिल्ला अदालत म्याग्दीमा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश राजकुमार कोईरालाको आदेशमा उनलाई पूर्पक्षका लागि जेल चलान गरिएको हो ।
मालिका गाउँपालिका–४, ओखरबोट घर भई बेनी नगरपालिका–१, बस्ने पुनले गएको साउन ८ गते ३२ वर्षीय महिलालाई बलात्कार गरेको भन्दै पीडितका आफन्तले साउन १० गते प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी दर्ता गरेर अनुसन्धानमा लागेको प्रहरीले गत कार्तिक १६ गते पुनलाई पोखराबाट गिरफ्तार गरेको थियो ।
प्रहरीले पेश गरेको काजगातको आधारमा जिल्ला अदालत म्याग्दीले कार्तिक ५ गते पक्राउ पूर्जी जारी गरेको थियो । पीडित महिलाको साउन ११ गते बेनी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको इन्सपेक्टर लोकबहादुर गुरुङले बताए ।
Previous Articleमृगौला पीडित सुरेशलाई कोरियाबाट सहयोग
Next Article शशांकले बोलाए अकस्मात गुटको बैठक