प्रदेशको प्रथम बैठक भावी योजना सहित पोखरामा सम्पन्न भएको छ । बैठकले प्रदेशका बालगृहहरुमा संरक्षित बालबाललिकाहरुको एवं ब्यवस्थापनको क्षमता अभिवृद्धि गरी गुणस्तरिय सेवा प्रदान गर्नमा पहल गर्ने निर्णय गरको छ । महासंघले तेश्रो वार्षिक साधारणसभाद्धारा अनुमोदित वार्षिक योजनाहरुलाई गम्भिरतापूर्वक कार्यन्वयमा ल्याउने प्रतिवद्धा समेत जनाएको छ । महासंघका नवनिर्वाचित धन बहादुर विश्वकर्माको अध्यक्षता बसेको बैठक उक्त निर्णय गरेको महासंघका उपाध्यक्ष तथा थ्रि एन्जल्स नेपालका सिइओ डा.राजेन्द्र कुमार गौतमले जानकारी दिए । बैठकमा नवनिर्वाचित कार्यकारिणी समितिका पदाधिकारीहरुमा नि–वर्तमान अध्यक्ष राधा कुमारी पौडेल, उपाध्यक्षद्वय भगत कुमार श्रेष्ठ र डा.राजेन्द्र कुमार गौतम, महासचिव बुद्धि बल रम्तेल, सचिव विनोद कुमार नेपाली, कोषाध्यक्ष शारदा वस्नेत, सदस्यहरुमा शेर बहादुर लामा, कमला पाराजुली, हुमा गुरुङ, लाल बहादुर बलम्पाकी मगर, सुनिता भुजेल, अशोक लम्साल, कलपना श्रेष्ठ, कृष्ण कुमारी पन्थी÷रानाभाटको उपस्थिीति रहेको थियो ।बैठक महासंघका अध्यक्ष धन बहादुर विश्वकर्माको अध्यक्षतामा बसेको थियो ।
Previous Articleसामाजिक सुरक्षा योजना शुभारम्भ भएपछि मजदुरहरुले मैनबत्ती प्रज्ज्वलन गरेर खुसियाली मनाए (फोटोफीचर)
Next Article उच्च सफलता हात पार्दै सकियो आदर्श महोत्सव