पोखराको भण्डाढिक खेलमैदानमा कात्तिक ३० गते देखि आयोजना गरिएको प्रथम आदर्श महोत्सव सोमबार सम्पन्न भएको छ । लेखनाथमा खेल पर्यटनको विकास गर्ने उद्देश्यले आदर्श युवाक्लवले आयोजना गरेको आदर्श महोत्सवले उच्च सफतला हात पार्दै सकिएको हो ।
दश दिनसम्म चलेको महोत्सवले करिव पाँच करोड भन्दा बढिको आर्थीक कारोवार तथा दुइ लाख दर्शक भित्राएर महोत्सव सम्पन्न गरेको हो ।
यसैविच उक्त महोत्सवको समापन समारोहमा बोल्दै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले भण्डाढीक खेलमैदानको स्तरोन्नती गर्न र नयाँ संरचना बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रम कै विच महोत्सवका बेला आयोजना गरिएको बिभिन्न प्रतियोगिताका विजयीहरुलाइ पुरस्कृत गरिएको थियो । यसअन्तर्गत रत्यौली गीत तर्फ तर्फ शान्ति प्रेमी आमा समूह लेखनाथ २६ ले प्रथम स्थान हासिल गरेको छ भने बाग्लुगङ आमा समूह सैनिक वस्तीले द्धितय , लगनशिल महिला समूह आदर्श टोलले तृतीय र खास्टे तालबाराही आमा समूह पोखरा २६ र नमुना आमा समूह हेम्जाले शान्त्वना स्थान र नमूना कृषक आमा समूहले उत्कृट गायन पुरस्कार भएको प्रतियोगिताका संयोजक शिवहरि ढुगानाले जानकारी दिएका छन् ।
आदर्श युवा क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीको अध्यक्षतामा भएको महोत्सव समापन समारोहमा इलाका प्रशासन कार्यालयका लेखनाथका प्रमुख चित्रांगत बराल, वडा नं २९ की प्रतिनिधि निर्मला पौडेल र नेपाल आदिवासी जनजाती महासंघ पोखरा महानगर समन्वय परिषदका अध्यक्ष जंग बहादुर गुरुङ लगायतले बोलेका थिए । कार्यक्रमको संचालन क्लबका सचिव पदम गुरुङले गरेका थिए । महोत्सवमा व्यापार तथा वजार प्रवद्र्धनका लागि २६८ वटा स्टल रहेका थिए ।