बागलुङ : आगलागीबाट ३ करोड बराबरको क्षती
मिति २०७५।०८।०९ गते बिहान अन्दाजी ०६:०० बजेको समयमा बागलुङको ढोरपाटन नगरपालिका ९ नवीमा आगलागि हुँदा अन्दाजी ३ करोड बराबरको क्षती भएको छ । उक्त आगलागीबाट ४८ वटा घरटहराहरु पूर्णरुपमा जलि नष्ट भएका छन् । आगो नेपाल प्रहरी, नेपाली सेना, स्थानिय लगायतको सहयोगमा विहान ०८ बजे पूर्णरुपमा नियन्त्रणमा लिईएको छ । आगो के कसरी लाग्यो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नवलपरासी पूर्व : सवारी दुर्घटना
मिति २०७५।०८।०९गते देवचुली नगरपालिका-१० प्रगतीमार्गमा पृथ्वीनगरबाट प्रगतीनगरतर्फ आँउदै गरेको लु४त ९२१ नं.ट्र्याक्टरले सोही स्थान बस्ने पैदलयात्री वर्ष अंन्दाजी ४५की पदमा बि.क.लाई ठक्कर दिदा घाइते भई उपचारको लागि नँया मेडिकल कलेज भरतपुर तर्फ पठाईएको, ठक्कर दिने ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तनहुँ : सवारी दुर्घटना
मिति २०७५।०८।०९ गते भिमाद नगरपालिका-७ लरेनिमा लरेनिबाट भिमादतर्फ आँउदै गरेको बा१५च ८८४५ नं.को स्कारपिओ सडक देखि अंन्दाजी १०/१५ मिटर तल खस्दा चालक भिमाद नगरपालिका-५ बस्ने वर्ष २७को श्री बहादुर थापा घाईते भई उपचारको लागि गण्डकि मेडिकल कलेज पोखरा पठाएको, घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।