नेपालको सृजनाको क्षेत्रमा सबै जातजाति धर्म सम्प्रदायका मानिसहरुको आ आफ्नो योगदान छ यस्तै योगदान विश्वकर्मा समुदायको पनि रहेको छ । उक्त समुदायबाट नेपालको कला, साहित्य, राजनीति तथा अन्य क्षेत्रमा योगदान गरेका ब्याक्तित्वहरुको प्रोफाइल समेटेर सृजनाका संवाहक हामी भन्ने गीतको भिडियो यूट्यूब मार्फत ल्याइएको छ ।
भिडियोमा काम गर्दै गरेका श्रमीकहरुको फोटो तथा नेपालमा बिविध क्षेत्रमा आफ्नो वेग्लै पहिचान बनाउन सफल ब्यक्तित्वहरुको विवरण पनि समेटीएको छ । गीत आफैमा राम्रो र उत्कृष्ट छ तथापी यसमा गीतको भाव, लय भन्दा पनि ब्याक्तिगत विवरणलाई महत्व दिएको छ ।
उक्त गीतमा कविता बराइली, योगेश काजी, अम्बिका सुनार, विकास विश्वकर्मा र निरुता घतानीले स्वर दिएका छन् । यो गीतको लय विकाश विश्वकर्माले गरेका छन् ।