पछिल्लो समय बलात्कार तथा बलात्कार जन्य अपराधहरु एकपछि अर्को गर्दै सार्वजनिक हुँन थालेका छन् । यस्तै अपराधीक कार्य मध्ये एक हो जसबाट सुरक्षित महशुष गर्नु पर्ने हो उसैबाट खतरा अर्थात् हाडनाता करणी । नेपाली कानुनी भाषामा हाडनाता करणी भन्ने गरीएको यो बाक्यांसको खास अरु अर्थ र ठ्याक्कै यही भन्न त सकिदैन तर पनि बलात्कार जस्तो जगन्य अपराधबाट परिवार भित्रैबाट पिडीत हुन पर्ने अवस्थाले भने समाजलाई कुन मार्गमा अगाडी लैजाने हो भन्ने चिन्ता भने पक्कै पनि पैदा गरेको हुन्छ । आफन्तबाट भएको यौन हिंसा÷बलात्कारको घटना लुकाउन त कठीन हुन्छ हुन्छ देखाउन पनि मानिसहरु सक्दैनन् वा चाहदैनन् । जब आफ्नै बाबु, दाजु वा काका तथा हजुरबा बाटै बलात्कारको शिकार हुन्छीन् महिला तथा बालिका भने त्यसको मानसिक तथा सामाजिक असर के देखियला सोच्न मात्र होइन कल्पना गर्न पनि कठिन हुन्छ ।
बच्चाहरुलाई कसैले गाली गरेको खण्डमा आफ्नो बाबुलाई भन्दीन्छु भन्ने गर्दछन् तर तिनै बालबालिकाहरु त्यही बाबुबाट बलात्कृत हुन परेको खण्डमा कस्को भरोसा गर्ने र कसबाट सुरक्षित महशुष गर्ने ? यस्तै प्रकृतिका घटनाहरुमा महिलाहरु दबिएर बसे भने न्याय पाउने त सम्भावना कम नै हुन्छ आए पनि सम्भावना धेरै हुँदैन । पछिल्लो केही वर्षको तथ्याङ्क हेर्ने हो पाँच वर्षको अवधिमा १६९ जना बालिकाहरु आफ्नै बाबुबाट बलात्कृत भएका छन् भने ३५ जना हजुरबा बाट बलात्कृत भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ । नेपाल प्रहरीको केन्द्रीय तथ्याङ्कका अनुसार देखिएको यो तथ्य निकै डरलाग्दो अनि उदेकलाग्दो पनि हो । यसले हाम्रो समाजको चित्रण कस्तो गर्ला ? यस्ता घटनाहरु बढी मात्रामा शहरमै हुने गरेको प्रहरीको तथ्य हेर्दा शहर भन्दा गाउँ नै सुरक्षित देखिन्छ ।
चालु आर्थिक वर्ष २०७५÷०७६ को पहिलो चार महिनामा २५ छोरीहरु बाबुकै पाशबीक व्यवहारको शिकार बनेका छन् । पछिल्लो चार वर्षलाई हेर्ने हो भने नेपालका ५३ जिल्लामा यस्ता घटना भएका देखिन्छ । गत आर्थिक वर्ष सबै भन्दा धेरै ४४ घटना भएका थिए । आर्थिक वर्ष ०७१÷०७२ मा हजुरबा बाट पिडित १० र बाबुबाट पिडीत ३२ भएका थिए । त्यस्तै ०७२÷०७३ मा २८ र ०७३÷०७४ मा ४० छोरीहरु यौन शोषणमा परेका थिए । यो तथ्यले आफ्नै परिवार भित्रै अनि आफ्नै नजिकका अभिभावकबाट पनि बालिकाहरु बढी मात्रामा पिडीत हुने गरेका छन भन्ने देखाउँछ । त्यसैले बालबालिकालाई कुनै पनि हिंसाबाट जोगाउनका लागि सबैमा चेतना हुन आवश्यक छ ।
Previous Articleआगलागीबाट ३ करोड बराबरको क्षती
Next Article वाईडबडीबारे लेखा समिति ‘साढे ६ अर्ब घोटाला’