चितवन, २ कात्तिक-मुग्लिन–नारायणघाट सडकखण्ड अन्तरगत दाहाखानी गाविसको रिद्दी खोला नजिकबाट बस त्रिशुलीका खसेको छ । दुर्घटनास्थल मुग्लिनबाट ४ किमि नारायणघाट तर्फ पर्छ । बस पौने नौ बजे अासपास नदीमा खसेको प्रहरीले जनाएको छ । काठमाडौंबाट भैरहवातर्फ गइरहेको लु१ख ७३९१ नम्बरकाे बस त्रिशुलीमा खसेको हो । नाैजना घाइतेको प्रहरीले उद्धार गरेको छ । अन्यको उद्धार गर्ने प्रयास भइरहेको जनाइएको छ । थप जानकारी आउन बाँकी छ ।
काठमाडौंबाट भैरहवातर्फ गइरहेको लु१ख ७३९१ नम्बरकाे बस त्रिशुलीमा खस्यो
Previous Articleलोकमानको घरमा म्याद तामेली, अब पेसी चढाउन बाधा नहुने
Next Article शव भेटियो