बागलुङ, ३ कात्तिक – दुइ साता देखि हराएका व्यक्तिको दुर्गन्धित अवस्थाको शव भेटिएको छ । बानपा ३ गुठी बस्ने ५५ बर्षिय धनबहादुर सार्कीको तित्याङ गाविस ८ स्थित काठेखोला किनारमा सडेको शव भेटिएको प्रहरीले बतायो ।
गत असोज १८ गते बिहानै घरदेखि कसैलाइ खवर नगरी हिडेका सार्कीको खोजी भैरहेपनि मंगलवार मात्र शव भेटिएको हो । परिवारले उनी बेपत्ता भएपछि प्रहरीमा खोजीका लागि हुलिया सहितको उजुरी दिएका थिए ।
स्थानीय बासिन्दाको सूचनाको आधारमा शव भेटिएपछि प्रहरीले ल्याएको हो । शवको धौलागिरी अञ्चल अस्पतालमा पोष्टमार्टम गरेर परिवारलाइ बुझाइएको छ ।