कस्तुरी बहुउद्देश्यीय सहकारीको नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा पुनः राजेश शाक्यलाई चयन गरेको छ । समितिको उपाध्यक्षमा सुन्दरकुमार श्रेष्ठ, सचिवमा विनय श्रेष्ठ, कोषाध्यक्षमा सुन्दरमान शेरचन र सह–सचिवमा सुविन श्रेष्ठ चयन भएका छन् ।
यसैगरी कार्यसमिति सदस्यहरुमा हिमाल श्रेष्ठ, बसुधा श्रेष्ठ, सङ्गीता श्रेष्ठ र सरिता श्रेष्ठ चयन भएका छन् । त्यस्तै लेखा समितिको संयोजकमा नारायणकुमार श्रेष्ठ, सदस्यमा नवीनकुमार श्रेष्ठ र लक्ष्मीकुमारी श्रेष्ठ रहेका छन् । त्यस्तै शिक्षा उपसमितिको संयोजकमा विनय श्रेष्ठ, सदस्यमा निरञ्जन श्रेष्ठ र प्रविनकुमार श्रेष्ठलाई चयन गरिएको छ ।
Previous Articleरितुङ माविमा अस्थायी टहरा निर्माण
Next Article एनएमबी बैकको कर्मचारी मैत्री योजना