राजु थापा, चितवन
कालिका मिडियाले विगत १४ वर्ष अधिदेखि प्रदान गर्दै आईरहेको राष्ट्रिय सांगितिक अवार्ड मध्य मोफसल कै सवैभन्दा उत्कृष्ट कालिका म्युजिक अवार्डको मनोनयन मंगलबार सार्वजनिक गरेको छ । आफनो १६ औं वार्षिकोत्सवको अवसरमा आगामी असोज २६ गते प्रदान गर्न लागिएको १४ औं कालिका म्युजिक अवार्डकोे मनोनयन राजधानीको आम्रपाली ब्याङक्वेट काठमाडौंमा सार्वजनिक गरिएको हो ।
विगत १ वर्ष देखि विभिन्न माध्यमबाट चर्चित रहेका नेपाली गित, संगित र रचना र म्युजिक भिडियोको विभिन्न समुह बनाई जम्मा ३० विधामा उत्कृष्ट ५ –५ जनाको मनोनयन सार्वजानिक गरिएको हो । यस्तै लामो समय देखि गिती रचनामा उल्लेखनिय योगदान पुर्याउनु भएका वरिष्ठ रचनाकार किरण खरेललाई यसवर्षको कालिका लाइफ टाइम एचिभमेन्ट अवार्ड वाट सम्मान गरिने भएको हो ।
वर्ष भरि सर्वाधिक सफलता प्राप्त गर्न सकेका गित, संगित र रचनाहरुलाई यसै क्षेत्रमा कार्यरत विज्ञहरुको सल्लाहमा छनोट गरिएको र आम सर्वसाधारणको मतको आधारमा उत्कृष्ट १ –१ जनालाई यो अवार्ड प्रदान गरिने छ । सार्वजानिक गरिएका सम्पुर्ण विधाको लागि एसएमएस समेत खुल्ला गरिएको छ । गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यतामा सार्वजनिक भएको नोमिनेसन सार्वजानिक कार्यक्रममा देशका चर्चित श्रष्टाहरुको समेत सहभागीता रहेको थियो ।
आधुनिक तर्फ उत्कृष्ट पुरुष गायक , गायिका, संगित संयोजन, शब्द गरि ४ विधा रहेका छन् । यस्तै नेपाली चलचित्रतर्फ उत्कृष्ट नेपाली चलचित्र गायक, गायिका, संगित संयोजन,शब्द रहेका छन् । यस्तै राष्ट्रिय नेपाली पप तर्फ उत्कृष्ट स्वर प्रस्तुतकर्ता पुरुष, महिला, उत्कृष्ट पप संगित संयोजन, शब्द र ब्याण्डलाई अवार्ड प्रदान गरिने छ । लोक दाहोरीतर्फ उत्कृष्ट राष्ट्रिय लोक दोहोरी गायक, गायिका, लोक दोहोरी धुन, शब्द र स्थानिय लोक दोहोरी कलाकार र मध्य नेपाल उत्कृष्ट गायकलाई अवार्ड प्रदान गरिने छ ।
यी विधाहरुको साथै सर्वोत्कृष्ट संगित संयोजक, गित, वर्षको उत्कृष्ट नव प्रवेशी गित, युगल गित, स्वदेश गान , गजल र वर्षको सर्वाेत्कृष्ट गित साथै म्युजिक भिडियोतर्फ उत्कृष्ट भिडियो सम्पादक, उत्कृष्ट भिडियो , छायांङकन, भिडियो नायक र नायिका विद्याको मनोनयन सार्वजनिक गरिएको हो । मनोनयन सार्वजानिक कार्यक्रममा बौल्दै कालिका मिडियाका अध्यक्ष तथा प्रबन्धक निर्देशक विक्रम पाण्डेले कलाकार देशको गहना र गीत संगित राष्ट्रको पहिचान भएकाले १४ वर्ष देखि निरन्तर रुपमा मोफसलबाट राष्ट्रिय स्तरको अवार्ड प्रदान गरिदै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा पुर्वमन्त्री समेत रहनुभएका पाण्डेले गित संगीतको विकासकै लागी कालिका साङगीतिक एफ एम ९१ मेघाहर्ज स्थापना गरीएको जनाउँदै कलाकारको हौसला प्रदान गरि कलाकर्मी तथा सर्जकहरुको योगदानलाई सम्मान गर्दै म्युजिक अवार्डलाई अझै परिमार्जीत गरेर लैजाने प्रतिवद्धता जनाउनुभयो । कालिका मिडियाको १६ औँ वार्षिकउत्सवको अवसरमा कालिका म्युजिक अवार्डको १४औँ संस्करण असोज २६ गते नारायणी कला मन्दिरमा सम्पन्न गरिने छ । 14th Yamaha Kalika FM Music Award 2075 Nomination
राजु थापा, चितवन
कालिका मिडियाले विगत १४ वर्ष अधिदेखि प्रदान गर्दै आईरहेको राष्ट्रिय सांगितिक अवार्ड मध्य मोफसल कै सवैभन्दा उत्कृष्ट कालिका म्युजिक अवार्डको मनोनयन मंगलबार सार्वजनिक गरेको छ । आफनो १६ औं वार्षिकोत्सवको अवसरमा आगामी असोज २६ गते प्रदान गर्न लागिएको १४ औं कालिका म्युजिक अवार्डकोे मनोनयन राजधानीको आम्रपाली ब्याङक्वेट काठमाडौंमा सार्वजनिक गरिएको हो ।
विगत १ वर्ष देखि विभिन्न माध्यमबाट चर्चित रहेका नेपाली गित, संगित र रचना र म्युजिक भिडियोको विभिन्न समुह बनाई जम्मा ३० विधामा उत्कृष्ट ५ –५ जनाको मनोनयन सार्वजानिक गरिएको हो । यस्तै लामो समय देखि गिती रचनामा उल्लेखनिय योगदान पुर्याउनु भएका वरिष्ठ रचनाकार किरण खरेललाई यसवर्षको कालिका लाइफ टाइम एचिभमेन्ट अवार्ड वाट सम्मान गरिने भएको हो ।
वर्ष भरि सर्वाधिक सफलता प्राप्त गर्न सकेका गित, संगित र रचनाहरुलाई यसै क्षेत्रमा कार्यरत विज्ञहरुको सल्लाहमा छनोट गरिएको र आम सर्वसाधारणको मतको आधारमा उत्कृष्ट १ –१ जनालाई यो अवार्ड प्रदान गरिने छ । सार्वजानिक गरिएका सम्पुर्ण विधाको लागि एसएमएस समेत खुल्ला गरिएको छ । गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यतामा सार्वजनिक भएको नोमिनेसन सार्वजानिक कार्यक्रममा देशका चर्चित श्रष्टाहरुको समेत सहभागीता रहेको थियो ।

आधुनिक तर्फ उत्कृष्ट पुरुष गायक , गायिका, संगित संयोजन, शब्द गरि ४ विधा रहेका छन् । यस्तै नेपाली चलचित्रतर्फ उत्कृष्ट नेपाली चलचित्र गायक, गायिका, संगित संयोजन,शब्द रहेका छन् । यस्तै राष्ट्रिय नेपाली पप तर्फ उत्कृष्ट स्वर प्रस्तुतकर्ता पुरुष, महिला, उत्कृष्ट पप संगित संयोजन, शब्द र ब्याण्डलाई अवार्ड प्रदान गरिने छ । लोक दाहोरीतर्फ उत्कृष्ट राष्ट्रिय लोक दोहोरी गायक, गायिका, लोक दोहोरी धुन, शब्द र स्थानिय लोक दोहोरी कलाकार र मध्य नेपाल उत्कृष्ट गायकलाई अवार्ड प्रदान गरिने छ ।
यी विधाहरुको साथै सर्वोत्कृष्ट संगित संयोजक, गित, वर्षको उत्कृष्ट नव प्रवेशी गित, युगल गित, स्वदेश गान , गजल र वर्षको सर्वाेत्कृष्ट गित साथै म्युजिक भिडियोतर्फ उत्कृष्ट भिडियो सम्पादक, उत्कृष्ट भिडियो , छायांङकन, भिडियो नायक र नायिका विद्याको मनोनयन सार्वजनिक गरिएको हो । मनोनयन सार्वजानिक कार्यक्रममा बौल्दै कालिका मिडियाका अध्यक्ष तथा प्रबन्धक निर्देशक विक्रम पाण्डेले कलाकार देशको गहना र गीत संगित राष्ट्रको पहिचान भएकाले १४ वर्ष देखि निरन्तर रुपमा मोफसलबाट राष्ट्रिय स्तरको अवार्ड प्रदान गरिदै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा पुर्वमन्त्री समेत रहनुभएका पाण्डेले गित संगीतको विकासकै लागी कालिका साङगीतिक एफ एम ९१ मेघाहर्ज स्थापना गरीएको जनाउँदै कलाकारको हौसला प्रदान गरि कलाकर्मी तथा सर्जकहरुको योगदानलाई सम्मान गर्दै म्युजिक अवार्डलाई अझै परिमार्जीत गरेर लैजाने प्रतिवद्धता जनाउनुभयो । कालिका मिडियाको १६ औँ वार्षिकउत्सवको अवसरमा कालिका म्युजिक अवार्डको १४औँ संस्करण असोज २६ गते नारायणी कला मन्दिरमा सम्पन्न गरिने छ ।
14th Yamaha Kalika FM Music Award 2075 Nomination