कोपन्हेगन-
डेनमार्कको कोपन्हेगनमा गत आइतबार सम्पन्न ‘कोपन्हेगन हाफ म्याराथून’मा नेपाली युवति सीमा पौडेलले सफलतापूर्वक २१.१ किलोमिटर दूरी सफलतापूर्वक पार गरेकी छिन। १५ देखि १९ वर्षका युवतीको समूहमा सहभागी १८ वर्षिया पौडेलले सो दुरी २ घण्टा २८ मिनेट र सत्र सेकेन्डको समयमा पार गरिन।
सन् २०१४ मा म्याग्दीबाट आफ्ना अभिभावक संगै कोपन्हेगन आएकी सीमा समाजसेवा र साहित्यमा रुचि राख्छिन भने साहसिक काम गर्न रुचाउँछिन। अाइबी डिप्लोमा सम्मको अध्ध्ययन पूरा गरेकी सीमा खेलकुदमा पनि रुचि राख्छिन।
२२ हजार २ सय ४८ धावकहरु दौडिएको सो द्रुत हाफ म्याराथुनमा सहभागी नम्बर १४९९७ लिएर नेपालको प्रतिनिधित्व गर्ने सीमा यसपटकको एक्लो सहभागी भएको जानकारी छ। कोपन्हेगनमा हुने सो खालको म्याराथूनमा भाग लिएर दुरी सफलता पूर्वक पार गर्ने मध्ये सीमा सम्भवत: हाल सम्मकै कान्छी नेपाली सहभागी पनि हुन्।