चितवनबाट सञ्चालित कालिका एफएमले प्रत्येक वर्ष अयोजना गर्ने कालिका म्युजिक अवार्डको १४ औं संस्करणको उत्कृष्ट ५ संगितकारको सूचिमा म्याग्दीका दिपक शर्माको नाम समावेस भएको छ ।
कालिका म्युजिक अवार्डले मंगलबार सार्वजनिक गरेको उत्कृष्ट ५ को सूचिमा शर्मा चलचित्र संगितकारको सूचिमा उत्कृष्ट ५ भित्र परेका हुन् । मंगलम चलचित्रको पर्ख पर्ख मायालु बोलको गितमा दिपक शर्माले दिएको संगित उत्कृष्ट ५ भित्र परेको हो । प्रत्येक वर्ष अयोजना हुने म्युजिक अवार्ड अन्तरगत यस वर्षको म्युजिक अवार्ड यही असोज २६ गते भरतपुर चितवनको नारायणी कलामन्दीरमा बितरण गरिने कालिका एफएमले जनाएको छ । १४ वर्ष अगाडी देखि नियमित हुदै आएको म्युजिक अवार्डको चलचित्र संगितकार तर्फ दिपक शर्मालाई भोट गर्नका लािग मोबाइलको म्यासेज बक्समा गएर 7C टाइप गरेर ३४८४८ मा पठाउन सकिन्छ ।