बेनी बजारको माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयले नयाँ कार्यक्रमको शुभारम्भ गरेको छ । विद्यालयले म मेरो सांस्कृतिको सम्मान गर्छु भन्ने कार्यक्रम थालेको हो ।
विद्यालयका सञ्चालक समिति सदस्य रमेश गिरीको अध्यक्षतामा मंगलबार बाट कार्यक्रम सुरु भएको हो ।
साहित्यकार तथा हाम्रो स्वाभिमान संस्था भारतको असम राज्य उपाध्यक्ष देवकुमार उपाध्याको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको थियो । कार्यक्रममा विद्यालयका सञ्चालकहरु सुरत के.सी., लिला बानियाँ, सुविन श्रेष्ठलगायतको उपश्थिति रहेको थियो ।
असोज महिना भर सांस्कृतिक कार्यक्रमहरु गर्ने लक्ष्य सहित थालिएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा विद्यालयका प्रधानाध्यापक त्रिदिम उपाध्यायको स्वागत एवम् शिक्षक धर्मेन्द्र सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।