भारतको बेंगलुरुमा उबर कार ड्राइभर नशामा मग्न भएकाले यात्रु आफैंले गाडी चलाएर गन्तव्यमा पुग्नुपरेको छ । सूर्य ओरुगन्ती नामक व्यक्तिले ट्वीट गरेर घटनाको जानकारी दिए ।
बेंगलुरु विमानस्थलबाट घर जाँदा ड्राइभर रक्सीको नशामा झुम्म भएर उँघिरहेकाले सूर्या आफैंले कार चलाउने निर्णय गरे ।
सूर्याले ट्विटरमा एक फोटो र भिडियो पोस्ट गरे जसमा ड्राइभर छेउको सीटमा सुतिरहेको देखिन्छ ।
उबरले ८४५ भारु भाडा लिएको सूर्या बताउँछन् । तर ड्राइभर बिलको रेकर्ड राख्न समेत नसक्ने हालतमा रहेको सूर्याको भनाइ छ ।
सूर्याले लेखेअनुसार, उबर टीमले २० घन्टापछि उनलाई सम्पर्क ग–यो र उनले ड्राइभिङ गर्नु हुँदैनथियो भन्यो । उबरका एक प्रवक्ताले ड्राइभरको प्रोफाइल एपबाट हटाएको र घटनाका अनुसन्धान भइरहेको बतायो ।
एजेन्सी