क्यान्सर अहिले संसारभरि तीव्र गतिमा बढिरहेको छ । संयुक्त राष्ट्रसंघको ताजा प्रतिवेदनअनुसार, संसारभरि यस वर्ष मात्र १ करोड ८० लाख क्यान्सर केस आउने सम्भावना छ । त्यसमा ९६ लाख मानिसको ज्यान जान सक्छ ।
इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सरको रिपोर्टअनुसार, संसारमा हरेक पाँचमध्ये एक पुरुषलाई क्यान्सर छ ।
विश्व स्वास्थ्य संगठनको क्यान्सर निकाय आईएआरसीले क्यान्सर विश्व स्वास्थ्यका लागि बढ्दो जोखिमका रूपमा रहेको छ ।
संसारभरि पाँचमा एक पुरुष र ६ मा एक महिलाको आफ्नो जीवनकालमा क्यान्सर देखिन र आठमध्ये एक पुरुष र ११ मध्ये एक महिला क्यान्सरबाट मर्ने प्रतिवेदनमा उल्लेख छ ।
‘यी नयाँ आँकडाले क्यान्सरको बढ्दो दरलाई सम्बोधन गर्नका लागि थुप्रै काम गर्न बाँकी रहेको अनि रोकथामले महत्त्वपूर्ण भूमिका खेल्ने देखाएको छ,’ आईएआरसीका निर्देशक क्रिस्टोफर वाइल्डले बताए ।
उनले थपे, ‘यो खतरनाक रोगलाई नियन्त्रण गर्नका लागि पर्याप्त रोकथाम र शुरूमै पत्ता लगाउने नीतिलाई तत्कालै लागू गरेर उपचार चलाउनुपर्छ ।’
एजेन्सी