विमान चढेर जर्मनीबाट रुस पुगेका एक व्यक्तिले हाते झोलामा २० वटा जिउँदा सर्प लिएर हिँडेको थाहा भएको छ ।
न्युजवीकका अनुसार, यत्तिका सर्प बोकेर उनी जर्मनीको विमानस्थलमा पुग्दा कसैले पनि आपत्ति जनाएन । मस्को पुग्दा चाहिँ वातावारण सुरक्षा एजेन्सीका अधिकारीहरूले झोलामा सर्प भएको थाहा लाग्यो ।
उक्त व्यक्तिले जर्मनीको बजारबाट साँप किनेर लगेको बताइएको छ । ती साँप विषालु थिएनन् । शायद ती व्यक्तिसँग सर्पसँग सम्बन्धित कागजात थिए र त्यसैले गर्दा जर्मन प्रहरीले आपत्ति नउठाएको हुनुपर्छ ।
एजेन्सी