तपस्वी रामबहादु्र बम्जनमाथि बलात्कारको अभियोग लागेको छ ।
बाराको जंगलमा तपस्या गरेर चर्चामा आएका बम्जनले आफूलाई पटक पटक बलात्कार गरेको एक महिलाले शनिबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा दाबी गरिन् ।
बम्जनले २ वर्ष पहिले आफूलाई पटक पटक बलात्कार गरेका भएपनि त्यतिबेला धम्कीका कारण प्रहरीमा उजुरी गर्न नसकेको बताइन् ।
तर अहिले न्याय पाउनुपर्छ भनेर अधिकारकर्मीमार्फत काठमाडौं आएको बताइन् । बलात्कृत उनी दुई वर्ष पहिलो बम्जनकहाँ आनी बन्न पुगेकी थिइन् ।