म्याग्दी जिल्लामा बि.श २०४८ मा स्थापना भएको म्याग्दी बहुखुमी क्याम्पस जिल्लाको शैक्षिक धरोहर हो । तत्कालिन समयमा जिल्लामा क्याम्पसको आवश्यकतालाई मध्यनजर गरी शिक्षाप्रेमीबाट करोडौं चन्दा संकलन गरी क्याम्पसको स्थापना गरिएको थियो । जनताले चन्दा संकलन गरी स्थापना गरेको क्याम्पसले स्थापनाकाल देखी धेरै चुनौतीको समाना गदैं अगाडी बढेको छ ।चन्दा संकलन, महायज्ञ लगाएत आर्थिक सहयोगबाट क्याम्पस सञ्चालन भइरहेको अवस्थामा विभिन्न अनुदानले समेत राहत मिलेको छ । प्लस टु, स्नातक तहमा ब्यवस्थापन, शिक्षा र मानविकी संकाय र ब्यवस्थापन संकायमा स्नातकोत्तर तहको पठनपाठन समेत भइरहेको छ क्याम्पसमा ११ सयभन्दा बढी विद्यार्थी अध्ययरत छन् । विश्व विद्यालय अनुदान आयोगबाट(क्युएए) को प्रमाणपत्र प्राप्त गर्न क्याम्पसले तोकिएको सूचक पुरा गर्न सक्रिय रहेको छ । यसै सन्दर्भमा बेनीअनलाइनडटकमका हरिकृष्ण गौतमले क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुबेदीसंग गरेको कुराकानी हामीले यहाँ साभार गरेका छौं ।
जिल्लाकै पुरानो म्याग्दी बहुमुखी क्याम्पसको १०औं अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको पनि करिव पाँच महिना वितिसक्यो । कस्तो लाग्दै छ ?
म यस क्याम्पसको पुर्व विद्यार्थी र संचालक समितिको विभिन्न पदमा रहेर विगत १७ वर्ष देखि निरन्तर क्याम्पस संग आवद्ध रहेको छु । क्याम्पसका विषयवस्तु कुनै पनि मेरा लागी नयां र नौला छैनन् । पेशाको हिसावले पुर्व शिक्षक भएकोले म्याग्दी क्याम्पसको शैक्षिक गुणस्तरको सन्दर्भमा विद्यार्थीहरुको माग, रुचि, सेवा सुविधा सम्वन्धमा र समग्र क्याम्पसको आर्थिक, शैक्षिक र प्रशासनिक सुधारको सन्दर्भमा म अनविज्ञ होइन यस पटक मलाई यी सबै अनुभवहरुको साथमा म्याग्दी क्याम्पसको संचालक समितिको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ। यहां भित्रका कमी कमजोरी हटाउँद,ै चुनौतिहरुको सामाना गर्दै राम्रा पक्षहरुलाई प्रोत्साहन गदर्,ै म्याग्दी क्याम्पसको स्वर्णिम संभावनाको उजागर गर्ने काममा लागेको छु । यस मानेमा म खुसी र आशावादी छु ।
अध्यक्षमा निर्वाचित भएपछि क्याम्पसमा तपाईले सुरू गरेका महत्वपूर्ण कार्यहरू के के छन् त ?
२०४८ सालमा स्थापना भई संचालनमा रहेको यस क्याम्पसले शैक्षिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गदै समुदाय र राज्यलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्दै आएको छ । तथापि समय अनुकुलको गुणस्तर अभिवृद्धि गर्ने काममा हामी अझै पुर्ण हुन नसकै हो । संस्थाले स्थापनाकाल देखि क्याम्पस विधान लगायत केही ऐन नियमहरु निर्माण गरेतापनि, संस्थालाई आवश्यक पर्ने अन्य महत्वपुर्ण नीति नियमहरु नहुदा संस्था संचालनमा विविध कठिनाई भएको महुशुष गरि निर्वाचित भए लगत्तै संचालक समिति वैठक आचार संहिता, शैक्षिक तथा प्रशासनिक सुधार विनियम, शिक्षक कर्मचारी कार्यसम्पादन कार्यविधी, गुणस्तर सुधार समुह निर्देशिका अतिरिक्त कक्षा संचालन निर्देशिका शैक्षिक परामर्श निर्देशिका, सहपाठी मुल्यांकन कार्यविधी लगायतका नयां नीति निर्माणका साथै, पुराना नीति नियमलाई संसोधन तथा व्यवस्थित गर्ने काम भयो ।र तदअनुरुप सवैको कार्यन्वयन अगि वढेको छ।
यो अवधिमा गुणस्तर सुनिश्चता प्रत्यायन सम्वन्धमा, क्याम्पसमा त्तब्ब् शाखा, शैक्षिक परामर्श केन्द्र, एकीकृत प्रशासन शाखाको निर्माण, विभागीकरण, गुणस्तर समुह निर्माण, क्याम्पसका प्रशासनिक भवनमा रङ रोगन, सि सि क्यामरा जडान ,मोटर साइकल पाकिङ साथै प्राज्ञिक उन्नयनका लागी,म्याग्दी जिल्लाको शैक्षिक गुणस्तर अभिवृद्धि सम्वन्धमा सेमिनार, प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा क्याम्पसको समवन्यमा प्रादेशिक विश्वविद्यालय तथा प्राविधिक महाविद्यालय स्थापना सम्वन्धमा वृहत अन्तरकृया आयोजना, आन्तरिक रुपमा विद्यार्थीको नतिजा विश्लेषण सम्वन्धी सेमिनार, हरियाली पार्क निर्माण गर्ने अभियान अन्तरगत १५० भन्दा वढी अशोका तथा आय आर्जनका लागी ४०० भन्दा वढी कफिका विरुवा लगाउने काम सम्पन भएको छ।
आजभन्दा ८ बर्ष अगाडी नै क्याम्पसमा क्युएए प्रणाली लागु गर्ने बहस चलेको थियो, यसमा ढिलाई हुनुको कारण के होला ?
क्युएए एक निरन्तर प्रकृया हो अहिले पनि म्याग्दी वहुमुखी क्याम्पस क्युएए प्राप्तीको प्रकृयामा नै छ । फरक यति हो हिजो हामी यसको वहस चलायौ विविध कारणले यसको काम अगाडी वढन सकेन हाल यो प्रकृयाले गति लिएको छ। विगतका प्रयासले पनि अहिले हामीलाई सहज भएको छ । विगतका अनुभव, प्रयास तथा आवश्यक सूचक पुरा गर्ने गरी अहिले काम भइरहेको छ ।
विश्व विद्यालय अनुदान आयोगबाट(क्युएए) को प्रमाणपत्र प्राप्त गर्न क्याम्पसमा छुट्टै शाखा बनाउनुभएको छ, कसरी काम गरिरहुनुभएको छ त ?
क्युएए प्राप्तीको काम गर्दा समग्र सुधारका पक्षहरुलाई सगंसगै लैजानु पर्ने हुन्छ । यसकालागी क्याम्पस विश्वविद्यालय अनुदान आयोगसंग नियमीत सम्पर्कमा रहि आयोगले निर्देशित गरेका मापदण्डहरु क्रमशः पुरा गर्दै जानु पर्ने हुन्छ । यसका लागी नयां संचालक समिति गठन भए पश्चात तुरुन्तै क्युएए प्रमुखको नियुक्ति संगै शाखा स्थापना गरि कामको थालनी गरिएको छ । पहिलो चरण आयोगको मापदण्ड अनुसार स्वअध्ययन तयारी योजना निर्माण गरि समय सिमा तोकि अनुदान आयोगमा पठाइएको छ ।
क्युएए प्रमुखको संयोजकत्वमा ५सदस्यीय आन्तरिक गुणस्तर सुनिश्चितता प्रत्यायन समिति र स्वअध्ययन प्रतिवेदन समुह समुह रहेको छ । उक्त समितिले विभिन्न पक्षहरु समन्वय गदै विहान, दिउँसो र अवेर राति सम्म काम गरिरहेको छ । यस कार्यमा संचालक समिति, विभिन्न उपसमिति, शिक्षक कर्मचारीहरु, विद्यार्थीहरु सवै आफ्ना आफ्ना भुमिका अनुसार काम गरिरहनु भएको छ ।
क्यूएए मापदण्डकै कुरा गर्नुपर्दा आयोगले तोकेका मापदण्ड कस्ता छन् त ?अहिलेसम्म क्याम्पसले मापदण्ड भित्र रहेका कतिवटा सूचक पुरा गरेको छ त ?
क्यूएए प्राप्त गर्नका लागी आयोगले तोकेका मापदण्डहरुमा सर्वप्रथमत संस्थाले आसयपत्र ९ीभततभच या क्ष्लतभलत० वुझाउनु पर्छ । सोको आधारमा विश्वविद्यालय अनुदान आयोगले स्वीकृत प्रदान गर्छ । त्यसपछि आयोगले तयार पारेको आठ वटा मापदण्ड भित्र रहि १०० पुर्णाङ्कको १२० वटा प्रश्नहरुको प्रमाणको आधारमा रहि उत्तर लेख्नु पर्छ । लेखिएको उत्तरका आधारमा अनुसुचीहरु तयार गरि आयोगमा वुझाउनु पर्छ । तत् पश्चात् आयोगले प्राज्ञहरुको एबष्च च्भखष्भध त्भबm गठन गरि अनुगमनका लागी पठाउछ । अनुगमन टोलीको सुझावको आधारमा थप सुधारका कार्यहरु गनुपर्छ । मापदण्ड पुरा नहुन्जेल निरन्तर काम गरिरहनु पर्छ ।आजका मितिसम्म क्याम्पसले दिएको जानाकारी अनुसार ९० वटा प्रश्नको उत्तर लेख्ने कार्य तथा सो अनुसारको अनुसुची तयार गर्ने कार्य सम्पन्न भएको छ । आगामी असोजको २१ गते भित्र हामीले पहिलो ड्राप्mट वुझाउने तयारी छांै ।
तपाईको रफ्तारमा सञ्चालक समिति, प्रशासन, प्रध्यापकबाट कस्तो सहयोग पाउनुभएको छ त ?
म सकभर दैनिक जसो क्याम्पस पुग्ने ,क्याम्पस प्रमुख लगायत सवै क्याम्पस परिवार संग भेटघाट गर्ने र सुक्ष्म रुपमा सवै पक्षको अनुगमन र निर्देशन दिने गरेको छु ।क्याम्पस प्रशासनवाट आएका कुनै पनि समस्याहरुलाइ यथासक्य सम्वोधन गरेको छु । समितिका पदाधिकारी तथा सदस्यज्युहरु, उपसमितिहरु लगायत सवै पक्षवाट तोकिएको जिम्मेवारी पुरा भएको छ । ठुलो संस्थामा सानातिना असमझदारी देखिनु स्वाभाविक हो । समग्रमा सवैवाट अपेक्षित सहयोग प्राप्त भएकै छ ।
क्याम्पसको शैक्षिक गुणस्तरको अवस्था कस्तो छ, यसलाई सुधार गर्न के गर्नुपर्छ होला ?
क्याम्पसको शैक्षिक गुणस्तर अवस्था सुधार उन्मुख छ । यस वर्षवाट क्याम्पसले स्नातक तहमा कम्तीमा ३ वटा आन्तरिक परीक्षा संचालन गर्ने निति लिएको छ । आन्तरिक परीक्षाको नतिजाको आधारमा अतिरिक्क्त कक्षा संचालन गरिएको छ।पुर्णकालिन शिक्षकहरु कम्तीमा ६ घण्टा क्याम्पस रहि विभिन्न अनुसन्धान मुलक तथा विद्याथी सहयोग कार्यमा लागि रहनु भएको छ।प्राध्यापक र कर्मचारीहरुलाई विषयगत र विभाग गत जिम्मेवारी र जवाफदेही वनाउन कार्यसम्पादन मुल्याकनको पारदर्शी पद्धति अवलम्वन गरिएको छ। शैक्षिक तथा प्रशासनिक कार्यलाई चुस्त दुरुस्त वनाउन का लागी सफ्टवयेर प्रयोग गरिएको छ।
क्याम्पसमा अल्छी, राजनीतिक दाउपेच, नियमित नआउने प्राध्यापकलाई देख्नु भएकै छ, आफ्नो जिम्मेबारी पुरा नगर्नेलाई कारवाही गर्न सकिदैन्?
यसको केही आशिक उत्तर माथि आइसकेको जस्तो लाग्दछ। हामीले निर्माण गरेका आचार संहिता,कार्यविधी ,विनियम, कार्यसम्पादन मुल्यांकन पद्धति ,अनिवार्य कार्यघण्टा अवधिको निधारण वाट सवै कुराको समाधन आउछ भन्ने विश्वास छ। हामीले राम्रो गर्ने लाई पुरस्कार र काम नगर्नेलाइ दण्ड गर्ने व्यवस्थाको थालनी गरेका छौ । कुनै पनि आस्था र विचारका आडमा समुदाय वाट संचालित यस क्याम्पस र हजारौ विद्याथीको भविस्यमाथी खेलवाड गर्ने कुल्शित मनशाय राखी जो कोही वाट गरिने त्यस्ता गतिविधीहरु निरुत्साहित भएर जानेछन। त्यस्ता प्रवृति भएमा अव स्वाभाविक रुपमा हटेर जानेछन।
यसबर्ष देखी क्याम्पसमा स्नातकोत्तर तहको व्यवस्थापन संकायमा कक्षा सञ्चालन भइरहेका छन्, यसले जिल्लामै विद्यार्थी रोक्न सकिन्छ ?
हामीले जिल्लाको आवश्यकतालाई मध्येनजर राखेर व्यवस्थापन संकायमा स्नातकोतर कक्षा संचालन गरेका हौ ।हामीलाई विश्वास छ समुदायले यस अभियानलाई सहयोग गर्नेछ। स्नातकोत्तर अध्ययन गर्न कै लागी जिल्लामा रहेको अन्य अवसरलाई त्यागी वाहिर जानुपर्ने वाध्यतालाई यस कार्यले केही हद सम्म कम गरिदिएको छ। साथै आगमी दिनमा नयां विषयमा समेत स्नातकोत्तर कक्षा संचालन गर्ने योजना रहेको छ। जसले दक्ष जनशक्ति यहां आउने संभावना समेत खुल्नेछ। जिल्लामा रहेका वित्तीय संस्थाहरुमा रोजगारको अवसर सहित पढन पाउने हुनाले जिल्लामा विद्याथी रहन सक्नेछन
क्याम्सपको पूर्व विद्यार्थी पनि हुनुहुन्छ, विगतमा समितिका विभिन्न पदमा बसेर काम गरेको अनुभव छ, तपाईको नजरमा प्रमुख समस्या के के छन त ?
कर्यशैलीमा समयानुकुल रुपान्तरण हुन नसक्नु, संस्थागत भन्दा व्यक्तिगत लाभ हानीका आधारमा विचार निर्माण गर्नु, विद्धताको अहंमता,संस्थाको सफलतामा भन्दा असफलता आपनो अनुकुलता खोज्ने शैली, का साथै आथिक भार समुदायले वहन गर्नु पर्दा विद्यार्थीका रोजाइका विषय राख्न नसकनु नै यसका प्रमुख समस्या रहेका छन ।
क्याम्पसको शैक्षिक नतिजा सुधारको बहस निकै हुने गरेको छ, नतिजा सुधार गर्न तपाईको योजना के छ त ?
यस विषयमा माथि समेत चर्चा गरियो कि नतिजा सुधार गर्न शिक्षकलाई जिम्मेवार वनाउने ,शैक्षिक सत्र शुरुवात हुने वितिकै शिक्षकले वार्षिक कार्ययोजना पेश गनुपर्ने , उत्तीर्ण प्रतिशतको लक्ष्य निर्धारण गनुपर्ने, विद्यार्थीका नियमित हाजिर ,एकाई परीक्षा ,तिनवटा आन्तरिक परीक्षा,अतिरिक्त कक्षा संचालन आदी कार्य शुरुवात भैसकेले आगामी वर्षमा नतिजामा सुधार आउनेछ।
तपाईले आन्तरिक आम्दानीको श्रोतको रुपमा खेर गएको जमिनमा कफि खेतीको सुरुवात गर्नुभएको छ, क्याम्पसको खर्च जुटाउन के कस्ता दिर्घकालिन आम्दानीका श्रोत हुनसक्छ ?
ड्ड आन्तरिक आम्दानी वढाउन क्याम्पस हाता भित्र कफि खेती को शुरुवात
ड्ड गुणस्तर सुनिश्चता र प्रत्यायनको पकृया सगै विश्वविद्यालय अनुदान आयोगवाट हुने नियमित तथा कार्यसम्पादन आधारमा हुने आम्दानी
ड्ड वाह्य छात्रावृत्तिका लागी विद्यार्थी वित्तीय सहायता कोष वाट सहयोग
ड्ड केन्द्र,प्रदेश र स्थानीय सरकारलाई क्याम्पस प्रति ध्यानाकर्षण गराइ प्राप्त गरिने सहयोग अनुदान
ड्ड क्याम्पसलाई माया गर्ने पुर्व विद्याथीहरु,देश विदेशमा रहेका म्याग्दीवासीहरु र स्थानीय समुदायवाट सदस्यता र सहयोगको अपेक्षा गरिएको
भारतीय दुतावासको सहयोगमा निर्माण सम्पन्न भएको भवनको हस्तान्तरण किन ढिलाई भएको होला ?
भारतीय दुतावास सहयोग र ततकालिन जिल्ला विकास समिति म्याग्दीको समन्वयमा वनेका तिनवटा पक्की भवनहरु जि वि स मार्फत क्याम्पसलाई हस्तान्तरण भैसकेको छ। जहांसम्म उद्घाटन गर्ने कुरा छ, हामीले दुतावासलाई भवन सम्मन्न हुदा वितिकै उद्घाटनका लागी अनुरोध पत्र पठाएका थियौ । दुतावासले हामीलाई भवन प्रयोग गर्ने अनुमति दिएको थियो समय अनुकुलताको अभावले उदघाटन हुन वांकी छ यस कार्यलाइ हामीले छिटै नै अगाडी वढाउने क्रममा छौ ।
अन्तमा केही भन्न चाहनुहुन्छ?
म्याग्दी वहुमुखी क्याम्पस सवैको साझा फुलवारी हो जहां सवै जातजाति भाषा,वर्ग लिङ्ग र समुदायका विद्याथीहरुले फुल्न फक्रन र अंकुराउन समान अवसर प्राप्त गर्न पाउनु पर्दछ। यो संस्था आन्तरिक सोतवाट आत्मनिर्भर हुनु पर्ने स्वतन्त्र र निजी दायित्व अनि जिल्लाको आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई १० प्रतिशत भन्दा वढी छात्रवृत्ति दिई अध्यापन गराउने सार्वजनिक दायित्व वोकको क्यापसले जिल्लाको आवश्यकता लाई मध्येनजर गर्दै हाल सालै स्नातकोतर कार्यक्रम संचलान गरेको छ । हामी जिल्लालाई आवश्यक पर्ने शैक्षिक तथा महत्वपुर्ण प्राविधिक विषयको कक्षा संचालन गर्ने तयारीमा छौ । कामका आधारमा मुल्यांकन आत्मसाथ गर्दै चुस्त दूरुस्त शैक्षिक प्रशासन सहित क्युएए प्राप्त क्याम्पसको रुपमा म्याग्दी वहुमुखी क्याम्पसलाई स्थापति गर्ने प्रकृयामा छौ ।
यस क्याम्पसको गुणस्तर र संवृद्धिवाट समग्र म्याग्दी जिल्लाको शैक्षिक संवृद्धिको अपेक्षा गर्न सकिन्छ । हामी जिल्लालाई आवश्यक पर्ने शैक्षिक तथा प्राविधिक जनशक्ति जिल्लामै उप्पादन गर्ने, क्याम्पसलाई रोजगार बंैकको रुपमा स्थापना गनर्,े यसलाई शैक्षिक अनुसन्धान केन्द्र र सामाजिक,आर्थिक, प्राविधिक परामर्श केन्द्रका रुपमा विकास गरेर गण्डकी प्रदेशको एक नमुना क्याम्पसको रुपमा विकास गर्न चाहन्छौ ।यस पवित्र कार्यमा विना आग्रह सहयोग गरिदिन हुनका लागी सम्पुर्ण सरोकारवालाहरु हार्दिक अपिल गर्दछु ।