एजेन्सी – सुन्दा अचम्म लाग्रन सक्छ । तर यो घटना सत्य हो । बेलायतमा एकजना महिला भूतसँग प्रेममा परेकी छन् । भूतको प्रेममा उनी यति फसेकी छन् कि भूतसँगको संसर्गबाट बच्चा जन्माउने उनको चाहना छ । एमथिस्ट रिल्म हो उनको नाम । आफू एउटा भूतसँग सिरियस रिलेसनशिपमा रहेको उनको दाबी छ ।
उनको प्रेमकहानी अनौठो छ । उनको जीवनमा भूतको प्रवेश हुनुअघि उनका एकजना प्रेमी थिए । उनले आफ्नो ब्वायफ्रेण्डसँग इन्गेजमेन्ट पनि गरिसकेकी थिइन् । बिहे पनि छिट्टै गर्ने योजना थियो । उनको ब्वायफ्रेण्ड कामका कारण प्रायः बाहिरै बस्दथे । यहीँ क्रममा रिल्मको जीवनमा भूतको प्रवेश भयो, नयाँ प्रेमीको रुपमा । भूतसँग यौनसम्पर्क गर्नकै लागि उनले आफ्नो प्रेमीलाई पनि छाडिदिएकी थिइन् ।
३० वर्षकी रिल्मको दाबीलाई मान्ने हो भने पछिल्लो ११ वर्षयता उनी अनेक खालका कम्तिमा २० वटा भूतहरुको सम्पर्कमा छिन् । आफूलाई मान्छेसँग भन्दा भूतसँग समय बिताउन मन पर्ने उनी बताउँछिन् । ६ महिनाअघि उनले अष्ट्रेलिया भ्रमणका क्रममा एउटा नयाँ भूत भेट्टाइन् । त्यो भूतसँग उनको गहिरो प्रेम बस्यो । उनी आफ्नो भूतप्रेमीस्ँग निकै खुसी छिन् ।
आफूले आफ्नो भूतप्रेमीलाई देख्न नसक्ने तर महसूस गर्न र यौनसम्पर्क गर्न भने सक्ने उनको दाबी छ । भूतप्रेमीसँग प्रेम बसेपछि उनले उक्त प्रेमीलाई आफूसँगै बेलायत लिएर आएको उनले बताएकी छन् ।
अहिलेसम्म आफूले २० जना भूतसँग यौनसम्पर्क गरिसकेको उनको दाबी छ । भूतसँगको सम्भोग वास्तविक मान्छेसँगको सम्भोगभन्दा आनन्ददायी हुने भन्दै उनले अब भूतबाट बच्चा जन्माउन चाहेको बताएकी छन् ।